Kathmandu Press

वडाध्यक्षविरुद्ध १५ हजार घुस लिएको आरोपमा मुद्दा 

वडाध्यक्ष उजेर अलीले घरबाटो सिफारिस दिन एक सेवाग्राहीसँग १५ हजार घुस लिएको पुष्टि भएको अख्तियारले जनाएको छ।
वडाध्यक्षविरुद्ध १५ हजार घुस लिएको आरोपमा मुद्दा 

काठमाडौं, वैशाख १७ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १५ हजार रुपैयाँ घुस मागेको आरोपमा कपिलवस्तुको महाराजगंज नगरपालिका–२ का वडाध्यक्ष उजेर अलीविरुद्ध मुद्दा दायर गरेको छ।

वडाध्यक्ष उजेर अलीले घरबाटो सिफारिस दिन एक सेवाग्राहीसँग १५ हजार घुस लिएको पुष्टि भएको अख्तियारले जनाएको छ।

उनीविरुद्ध १५ हजार बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ क उपदफा १(क)बमोजिम कैदा सजाय बिगो बमोजिम जरिवाना माग गर्दै सोमबार विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियारको विज्ञप्तिमा उल्लेख छ। 

प्रकाशित मिति: १७:४५ बजे, सोमबार, वैशाख १७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्