Kathmandu Press

इलाममा एमालेका सुहाङ निरन्तर अगाडि, ४० हजार मत गन्दा नेकपा एसकाे पक्षमा ३२२ मात्र

उनीभन्दा पछाडि रहेका कांग्रेस उम्मेदवार डम्बर खड्काले १० हजार ५५७ मत पाएका छन्। उनीहरुबीचको मतान्तर ५ हजार ६६२ छ।
इलाममा एमालेका सुहाङ निरन्तर अगाडि, ४० हजार मत गन्दा नेकपा एसकाे पक्षमा ३२२ मात्र

काठमाडौं, वैशाख १७ : एमाले उम्मेदवार सुहाङ नेम्वाङको अग्रता कायमै छ। पछिल्लाे मतपरिणामअनुसार उनले १६ हजार २१९ मत पाएका छन्।

उनीभन्दा पछाडि रहेका कांग्रेस उम्मेदवार डम्बर खड्काले १० हजार ५५७ मत पाएका छन्। उनीहरुबीचको मतान्तर ५ हजार ६६२ छ।

Hardik ivf

त्यस्तै तेस्रो स्थानमा रहेका स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले ८ हजार ८२५ मत पाएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार मिलन लिम्बूले २ हजार ६४५ मत मात्र पाएका छन्। उनी चाैथाे स्थानमा छन्।

३९ हजार ९६१ मत गनिसक्दा ५४० वटा बदर भएका छन्। नेकपा एकीकृत समाजवादी एकीकृत समाजवादीका जितबहादुर राईले ५०० पनि कटाउन सकेका छैनन्। उनले जम्मा ३२२ मत ल्याएका छन्। उनी छैटाैं स्थानमा रहेका छन्।

एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालकाे गृहजिल्ला भएकाले राईले राम्रर् मत ल्याउने अपेक्षा गरिएकाे थियाे। 

प्रकाशित मिति: १७:४० बजे, सोमबार, वैशाख १७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्