Kathmandu Press

राष्ट्रिय मुक्ति क्रान्तिद्वारा काठमाडौंमा सांस्कृतिक प्रतिरोध

ऐतिहासिक कालदेखि औपनिवेशिक राज्यद्वारा स्वदेशी राष्ट्रहरूमाथिको सांस्कृतिक अतिक्रमणविरुद्ध माफी मगाउन भन्दै राष्ट्रिय मुक्ति क्रान्तिले सोमबार काठमाडौंको माइतिघरमा सांस्कृतिक प्रतिरोध कार्यक्रमको आयोजना गरेको हो।
राष्ट्रिय मुक्ति क्रान्तिद्वारा काठमाडौंमा सांस्कृतिक प्रतिरोध

काठमाडाैं, वैशाख १७ : राजेन्द्र महतो संयोजकत्वको राष्ट्रिय मुक्ति क्रान्तिले काठमाडौंमा सांस्कृतिक प्रतिरोध गरेको छ।

ऐतिहासिक कालदेखि औपनिवेशिक राज्यद्वारा स्वदेशी राष्ट्रहरूमाथिको सांस्कृतिक अतिक्रमणविरुद्ध माफी मगाउन भन्दै राष्ट्रिय मुक्ति क्रान्तिले सोमबार काठमाडौंको माइतिघरमा सांस्कृतिक प्रतिरोध कार्यक्रमको आयोजना गरेको हो।

Hardik ivf

प्रतिरोधका क्रममा बिभिन्न समुदायले आफ्नो पहिचान सहितको सांस्कृति र्याली निकालेको थियो। सांस्कृतिक प्रतिरोध कार्यक्रममा महतोले आफ्नो पहिचान प्रदर्शन गर्ने क्रममा राज्यले गरेको हस्तक्षेप समग्र पहिचानबादीको अपमान भएको बताए।

उहाले उक्त घटनामा दोषीलाई माफी मगाउनुपर्ने र क्षतिको उचित क्षतिपूर्ति दिनुपर्ने मागलाई वेवास्ता गरेकाले सांस्कृतिक प्रतिरोध गर्नुपरेको धारणा राखे।

यसअघि राष्ट्रिय मुक्ति क्रान्तिले गरेको प्रदर्शनका क्रममा बिभिन्न धर्मालम्वीमाथि राज्यले दमन गरेको भन्दै सांस्कृतिक प्रतिरोधको आयोजना गरेको बताइएको छ।

प्रकाशित मिति: १७:१५ बजे, सोमबार, वैशाख १७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्