Kathmandu Press

सर्वोच्चका रजिस्ट्रार पन्थीको राजीनामा स्वीकृत  

गत वैशाख ९ गते बुझाएको राजिनामा मन्त्रिपरिषदबाट १३ गते स्विकृत भई पन्थीले आइतबार पत्र बुझेका छन्।
सर्वोच्चका रजिस्ट्रार पन्थीको राजीनामा स्वीकृत  

काठमाडौं, वैशाख १७ : सर्वाेच्च अदालतका रजिष्ट्रार नारायण प्रसाद पन्थीले दिएको राजीनामा नेपाल सरकारले स्वीकृत गरेको छ।

गत वैशाख ९ गते बुझाएको राजिनामा मन्त्रिपरिषदबाट १३ गते स्विकृत भई पन्थीले आइतबार पत्र बुझेका छन्। सर्वोच्चका मुख्य रजिष्ट्रार लालबहादुर कुँवर गत पुसमा उच्च अदालतको न्यायाधीश बनेपछि रिक्त पदका लागि पन्थी रोलक्रममा थिए।

Hardik ivf

तर रोलक्रम मिचेर न्याय परिषदका सचिव देवेन्द्र ढकाललाई मुख्य रजिष्टार बनाइएपछि पन्थी असन्तुष्ट थिए। राजिनामा स्विकृतीको पत्र बुझेपछि पन्थी कानुनव्यवसायको अभ्यासमा लागेका छन्। 

‘रोलक्रममा रहेकोलाई अन्याय गरी पछिकोलाई माथि ल्याइयो। त्यसपछि पदमा बसिरहन मनले मानेन। कुँवर उच्चको न्यायाधीश हुँदैदेखि मलाई फाल्ने षड्यन्त्र भएको थियो,’ पन्थीले काठमाडौं प्रेशसँग भने, ‘नैतिकताको आधारमा राजिनामा दिएर अलग हुने निर्णयमा पुगेँ।’ उनले पेन्सन पट्टाका लागि निवेदन दिएर वकालत शुरु गरिसकेको पनि बताए।      
 

प्रकाशित मिति: १७:१३ बजे, सोमबार, वैशाख १७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्