Kathmandu Press

राष्ट्रिय खुला फुल कन्ट्याक्ट कराते प्रतियोगिता वैशाख २४ देखि

सोमबार आयोजकले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको पुरुषमा ४ र महिलामा १ गरी ५ स्पर्धामा प्रतिस्पर्धा हुने जनाएको हो।
राष्ट्रिय खुला फुल कन्ट्याक्ट कराते प्रतियोगिता वैशाख २४ देखि

काठमाडाैं, वैशाख १७ : नेपाल क्योकुसिन कराते डो संघ वज्रको आयोजनामा १८औं राष्ट्रिय पुरुष तौलसमूह तथा १७औं राष्ट्रिय महिला खुला फुल कन्ट्याक्ट कराते प्रतियोगिता वैशाख २४ गतेदेखि हुने भएको छ।

सोमबार आयोजकले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको पुरुषमा ४ र महिलामा १ गरी ५ स्पर्धामा प्रतिस्पर्धा हुने जनाएको हो। पुरुषमा ५० केजीमुनि, ६० केजीमुनि, ७० केजीमुनि र ७० केजीमाथि तौलसमूहमा भिडन्त हुनेछ।

महिलामा खुला तौलसमूहमा खेल हुनेछ। प्रतियोगितामा सात प्रदेश, नेपाल आर्मी र एपीएफबाट ७५ पुरुष र ३५ महिला गरी १ सय १० खेलाडीको सहभागिता रहने आयोजक संघका उपाध्यक्ष पुष्प मानन्धरले जानकारी दिए।

पुरुष/महिला दुवैको हरेक स्पर्धामा शीर्ष तीन स्थान हात पार्नेलाई क्रमशः १० हजार, ५ हजार र २ हजार ५ सय नगद पुरस्कार प्रदान गरिने छ। चौथो हुने खेलाडीलाई पनि नगद पुरस्कार दिइने छ। दुईदिने प्रतियोगिताका खेलहरु त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुनेछ। 

प्रकाशित मिति: १५:५५ बजे, सोमबार, वैशाख १७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्