इलाममा एमालेका सुहाङकाे अग्रता कायमै, रास्वपाका मिलन लिम्बूकाे मत न्यून
दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले ८ हजार ९१४ मत प्राप्त गरेका छन्। सुहाङ र डम्बरबीचकाे मतान्तर ४ हजार ९८६ रहेकाे छ।
काठमाडौं, वैशाख १७ : इलाम २ मा एमालेका सुहाङ नेम्वाङकाे अग्रता कायमै छ। उनले १३ हजार ९०० मत पाएका छन्।
दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले ८ हजार ९१४ मत प्राप्त गरेका छन्। सुहाङ र डम्बरबीचकाे मतान्तर ४ हजार ९८६ रहेकाे छ।
कांग्रेसलाई टक्कर दिइरहेकाे पहिचान पक्षधरको समर्थन पाएका स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले ८ हजार २८५ मत ल्याएका छन्। खड्का र थेगिमबीचकाे मतान्तर ६२९ मात्र रहेकाे छ। यसअघि उनीहरूबीच २८८ काे अन्तर थियाे।
चाैथाे स्थानमा रहेर राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बुले १ हजार ९४५ मत ल्याएका छन्। उनकाे चर्चा व्यापक भए पनि मत भने न्यून ल्याएका छन्।
यसअघि तनहुँकाे उपनिर्वाचनमा जसरी अपत्यारिलाे नतिजा ल्याएर स्वर्णिम वाग्लेले जितेका थिए, इलाममा त्यस्तै गर्न सकिने अपेक्षा रास्वपाले राखेकाे थियाे। तर अनपेक्षित रूपमा मिलनले थाेरै मतमा चित्त बुझाउनुपरेकाे अवस्था निम्तिएकाे छ।












