Kathmandu Press

पद महत्वपूर्ण हाेइन, सत्तासमीकरणमा सम्मानजनक व्यवहार हुनुपर्छ : अध्यक्ष नेपाल

उनले आफूहरुले अहिले उचित व्यवस्थापन र सम्मान मात्रै खोजेको धारणा राखे। एकीकृत समाजवादी पार्टीको नेतृत्वमा सरकार बन्छ कि भनेर कतिपयलाई पोल्ने गरेको उनले बताए।
पद महत्वपूर्ण हाेइन, सत्तासमीकरणमा सम्मानजनक व्यवहार हुनुपर्छ : अध्यक्ष नेपाल

काठमाडाैं, वैशाख १७ : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पार्टीका लागि पद महत्वपूर्ण नभए पनि सत्तासमीकरणमा सम्मानजनक व्यवहार हुनुपर्ने बताएका छन्।

अखिल नेपाल महिला संघ (समाजवादी), काठमाडौँ जिल्ला कमिटीले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले प्रत्येक पार्टीको आ–आफ्नो मर्यादा,सम्मान,स्वाभिमान र चाहना हुने भएकाले सवैलाई राम्रोसंग सन्तुलन गर्दै अघि बढ्नुपर्ने बताए।

Hardik ivf

उनले आफूहरुले अहिले उचित व्यवस्थापन र सम्मान मात्रै खोजेको धारणा राखे। एकीकृत समाजवादी पार्टीको नेतृत्वमा सरकार बन्छ कि भनेर कतिपयलाई पोल्ने गरेको उनले बताए।

त्यस्तै उनले चार दल सम्मीलित समाजवादी मोर्चा बनेको र जिल्ला तहको कार्यक्रम गर्ने तयारी भएको जानकारी दिदै मोर्चामा आउन चाहनेलाई स्वागत गर्ने र आउन नचाहनेलाई पनि गाली नगर्ने धारणा राखे।

उनले मुलुकको राजनीतिलाई सहि दिशामा लैजान गम्भीरतापूर्वक आवश्यक भूमिका निर्वाह गर्ने जिकिर गरे।

प्रकाशित मिति: १४:४४ बजे, सोमबार, वैशाख १७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्