Kathmandu Press

डढेलोबाट २४ घण्टामा २२ जिल्लाका ६७ स्थानमा क्षति

गृह मन्त्रालयको विपद् पूर्व तयारी तथा प्रतिकार्य शाखाकी उपसचिव रमा आचार्यका अनुसार यो अवधिको डढेलोबाट करिब ३ करोड बराबरको आर्थिक क्षति भएको छ। 
डढेलोबाट २४ घण्टामा २२ जिल्लाका ६७ स्थानमा क्षति

काठमाडौं, वैशाख १४ : विगत २४ घण्टामा २२ जिल्लाका ६७ स्थानमा डढेलोले क्षति पुगेको छ।

सुदूरपश्चिमको डडेल्धुरादेखि पूर्वमा उदयपुरसम्मको क्षेत्रमा डढेलो लाग्दा ६ जना घाईते भएका छन् भने ५० घरमा क्षति पुगेको छ  ८ वटा गोठहरु पनि जलेर नष्ट भएका छन्। यी स्थानहरुमा भने आगो नियन्त्रणमा आईसकेको छ।

Hardik ivf

गृह मन्त्रालयको विपद् पूर्व तयारी तथा प्रतिकार्य शाखाकी उपसचिव रमा आचार्यका अनुसार यो अवधिको डढेलोबाट करिब ३ करोड बराबरको आर्थिक क्षति भएको छ। 

६९ वटा सामुदायिक वनमा भने अहिले पनि डढेलो नियन्त्रणमा आईनसकेको आचार्यले बताइन्। 

डढेलोबाट भक्तपुर, काठमाडौं, ललितपुर, ओखलढुंगा, भोजपुर, उदयपुर, खोटाङ, रसुवा, मकवानपुर, सिन्धुली, कास्की, गुल्मी, प्युठान, पाल्पा, अर्घाखाँची, बर्दिया, दाङ, रोल्पा, सुर्खेत, दैलेख, डोटी र डडेलधुराका सामुदायिक वनमा डढेलोबाट क्षति पुगेको विवरण प्राप्त भैरहेको  उनले जानकारी दिइन्। 
 
प्रकाशित मिति: १४:३० बजे, सोमबार, वैशाख १७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्