Kathmandu Press

सातै प्रदेशमा सेनाको क्वारेन्टाइन : काेराेनाकाे आशंकामा ४६ आइसोलेसनमा, एक हजार क्वारेन्टाइनमा

काठमाडौं, चैत १४ : कारोना भाइरस संक्रमणको जोखिम कम गर्न नेपाली सेनाले सातै प्रदेशमा क्वारेन्टाइन बनाएको छ। जहाँ एक हजार १० जनालाई क्वारेन्टाइनमा राखिए....

सातै प्रदेशमा सेनाको क्वारेन्टाइन : काेराेनाकाे आशंकामा ४६ आइसोलेसनमा, एक हजार क्वारेन्टाइनमा

काठमाडौं, चैत १४ : कारोना भाइरस संक्रमणको जोखिम कम गर्न नेपाली सेनाले सातै प्रदेशमा क्वारेन्टाइन बनाएको छ। जहाँ एक हजार १० जनालाई क्वारेन्टाइनमा राखिएको छ।

नेपाली सेनाले सातै प्रदेशमा क्वारेन्टाइन बनाएको जनाएको छ। सेनाका सूचना अधिकारी विज्ञानदेव पाण्डेले देशका विभिन्न स्थानमा सात हजार दुई सय ३४ वेड क्षमता भएको क्वारेन्टाइन तयार गरिएको बताए।

त्यस्तै, एक सय ९२ वेड क्षमताको आइसोलेसन वार्ड पनि व्यवस्था गरिएको उनले जानकारी दिए। जसमा अहिले ४६ जनालाई आइसोलेसनमा राखिएको छ।

Hardik ivf

क्वारेन्टाइनमा बस्नेको सेवासुविधाका लागि स्वास्थ्यकर्मी पनि खटाइएको छ। ‘क्वारेन्टाइनमा एक सय ९६ स्वास्थ्यकर्मी खटिरहेका छन्,’ पाण्डेले भने, ‘आइसोलेसनमा राखिएका व्यक्तिको उपचारका लागि पनि स्वास्थ्यकर्मी खटिएका छन्। आइसोलेसनमा एक सय ९० स्वास्थ्यकर्मी सेवारत छन् ।’ क्वारेन्टाइन र आइसोलेसनमा आवश्यकताअनुसार स्वास्थ्यकर्मीको थपघट गर्ने काम भइरहेको सेनाले जनाएको छ।

कोरोना भाइरसको संक्रमण फैलिन नदिन सेना पनि लागिरहेको जनाएको छ। सैनिक टोलीले आवश्यकताअनुसार, क्वारेन्टाइन बेड र आइसोलेसन बेड बनाउने काम जारी रहेको छ।

भारतसहित विभिन्न देशबाट आएका शंकास्पद व्यक्तिलाई क्वारेन्टाइनमा राख्ने गरिएको छ। भारतमा कोरोना भाइरसको जोखिम बढेपछि त्यहाँ कार्यरत नेपाली कामदार घर फर्किएका छन्। उनीहरुलाई पनि विभिन्न जिल्लाका क्वारेन्टाइनमा राख्न थालिएको छ।

भारतबाट आउनेलाई पनि क्वारेन्टाइनमा राख्न थालेपछि संख्या बढेको उनले बताए। अहिले देशभरका विभिन्न क्वारेन्टाइनमा भारतबाट आएका व्यक्ति धेरै रहेका छन्।

विश्व स्वास्थ्य संगठनले नेपाल पनि उच्च जोखिममा रहेको भन्दै सर्तकता अपनाउन सुझाव दिएपछि विदेशबाट आउनेलाई व्यक्तिलाई क्वारेन्टाइनमा राख्न थालिएको हो।

शुक्रबारसम्म नेपलामा तीन जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। एक जना निको भएर घर फर्किसकेका छन् भने दुई जनाको उपचार भइरहेको छ। उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको जनाएको छ।

प्रकाशित मिति: १०:४६ बजे, शुक्रबार, चैत १४, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्