Kathmandu Press

इङ्ल्यान्डसँग खेल्न राष्ट्रिय फुटबल टिमकाे प्रशिक्षण सम्पन्न

टिमले सोमबार भद्रकालीस्थीत नेपाल आर्मीको ग्राउण्डमा प्रशिक्षण गरेको हो। वैशाख २४ गते इङ्ल्यान्डमा खेल हुने तालिका छ।
इङ्ल्यान्डसँग खेल्न राष्ट्रिय फुटबल टिमकाे प्रशिक्षण सम्पन्न

काठमाडाैं, वैशाख १७ : नेपाली राष्ट्रिय फुटबल टिमले इङ्ल्यान्डको सी टोलीसँग मैत्रिपूर्ण खेल खेल्नका लागि प्रशिक्षण सम्पन्न गरेको छ।

टिमले सोमबार भद्रकालीस्थीत नेपाल आर्मीको ग्राउण्डमा प्रशिक्षण गरेको हो। वैशाख २४ गते इङ्ल्यान्डमा खेल हुने तालिका छ।

Hardik ivf

खेलका लागि एन्फाले एक साता अघिदेखिमात्रै तयारी थालेको थियो। खेलका लागि नेपाली राष्ट्रिय टोलीका प्रमुख प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसले २८ सदस्यीय टोलीको घोषणा गरिसकेका छन्।

टोलीमा गोलरक्षकका रुपमा अभिषेक बराल, विशाल सुनार, किरण चेम्जोङ र सन्तोष महत रहेका छन्। यसैगरी रक्षापंक्तिमा अभिषेक लिम्बु, अनन्त तामाङ, विमल पाण्डे, विशाल बस्नेत, छिरिङ लामा, रोहित चन्द, सनिश श्रेष्ठ, सौभाग्य राई, अजय चौधरी र योगेश गुरुङ रहेका छन्।

मध्यपंक्तिमा भरत खवास, लाकेन लिम्बु, मणिकुमार लामा, मनिष डाँगी, उत्सव राई, फत्तेमान घले र रोहन कार्की रहेका छन्। त्यस्तै अञ्जन बिष्ट, दीनेश हेन्जन, गिलेस्पीजंग कार्की, हिसुब थपलिया, समिर तामाङ, सञ्जिव बिष्ट र राजेश परियारलाई समेटिएको छ। 

प्रकाशित मिति: १३:२७ बजे, सोमबार, वैशाख १७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्