Kathmandu Press

स्पेनमा चार नेपालीलाई कोरोनाको संक्रमण

काठमाडौं, चैत्र १४ : स्पेनमा चार जना नेपालीलाई कोरोना संक्रमणको पुष्टि भएको छ । स्पेनको क्याटालोनिया क्षेत्रमा बसोबास गर्दै आएका उनीहरुको छुट्टाछुट्टै....

स्पेनमा चार नेपालीलाई कोरोनाको संक्रमण

काठमाडौं, चैत्र १४ : स्पेनमा चार जना नेपालीलाई कोरोना संक्रमणको पुष्टि भएको छ । स्पेनको क्याटालोनिया क्षेत्रमा बसोबास गर्दै आएका उनीहरुको छुट्टाछुट्टै अस्पतालमा उपचार भइरहेको छ ।

बार्सिलोनाको साग्रादा फ्यामिलिया बस्दै आएका एक जना नेपालीको भने सान्पाओ अस्पतालमा उपाचार भइरहेको छ । अन्य ३ जना भने हस्पितालेद क्षेत्रका हुन् । उनीहरु त्यहाँस्थित अस्पतालमा भर्ना भएका छन् ।

संक्रमित ब्यक्तिहरुको विवरण भने गोप्प राखिएको छ । स्रोतका अनुसार चारै जना संक्रमितहरु पुरुष हुन् । नेपालीहरु संक्रमित भएको सूचना दूतावासलाई प्राप्त भएको राजदुताबासले जनाएको छ । 

प्रकाशित मिति: ०९:०४ बजे, शुक्रबार, चैत १४, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्