बझङमा कांग्रेस–एमालेबीच टक्कर, एमालेलाई ९ मतको अग्रता
एमाले उम्मेदवार भण्डारीले ९८८९ मत ल्याउँदा कांग्रेस उम्मेदवार सिंहले ९८८० मत ल्याएका छन्।
बझङ, वैशाख १७ : गत शनिबार भएको उपनिर्वाचनमा बझाङ १(क)मा कांग्रेस र एमालेबीच कडा टक्कर देखिएको छ।
आइतबार दिउँसोबाट सुरु भएको मतगणनामा दिनभर एमाले उम्मेदवार दमनबहादुर भण्डारीले अग्रता लिएका थिए भने सोमबार बिहानैबाट कांग्रेस उम्मेदवार अभिषेकबहादुर सिंहले अग्रता लिएका थिए।
तर, अहिले फेरि एमाले उम्मेदार भण्डारीले झिनो अग्रता लिएका छन्। ताज मतपरिणाम अनुसार भण्डारीले ९ मतको अग्रता लिएका हुन्।
भण्डारीले ९८८९ मत ल्याउँदा सिंहले ९८८० मत ल्याएका छन्।
माओवादीका जनक बुढा ३६६३ मतसहित तेस्रो स्थानमा रहँदा एकीकृत समाजवादीका दिलबहादुर सिंहले २४०५ मतसहित चौथो स्थानमा छन्।
बझाङमा ३०३२८ मत खसेको छ। सोमबार दिउँसोसम्म मत परिणाम आउने बताइएको छ।
प्रकाशित मिति: ११:०४ बजे, सोमबार, वैशाख १७, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












