Kathmandu Press

‘सिधा कुरा’ विरूद्ध अवहेलना मुद्दा

उक्त मुद्दाको पेसी भोली सोमबारका लागि तय भएको छ। सर्वोच्च अदालतका उपरजिष्ट्रार गोविन्दप्रसाद घिमिरे आफैले टिप्पणी उठाएर उक्त अनलाइन र त्यसका प्रकाशक तथा सम्पादकविरुद्ध अवहेलना मुद्दा दायर गराएका हुन्।
‘सिधा कुरा’ विरूद्ध अवहेलना मुद्दा

काठमाडौं, वैशाख १६ : सर्वोच्च अदालतका न्यायाधीश र मिडिया संचालकलाई मुछेर भ्रामक समाचार सामग्री तयार पारेर प्रसारण गरेको आरोपमा ‘सिधा कुरा’ नामक अनलाइन, युट्युब च्यानल, त्यसका प्रकाशक र सम्पादकविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दायर भएको छ।

उक्त मुद्दाको पेसी भोली सोमबारका लागि तय भएको छ। सर्वोच्च अदालतका उपरजिष्ट्रार गोविन्दप्रसाद घिमिरे आफैले टिप्पणी उठाएर उक्त अनलाइन र त्यसका प्रकाशक तथा सम्पादकविरुद्ध अवहेलना मुद्दा दायर गराएका हुन्।

Hardik ivf

सर्वोच्च अदालतका न्यायाधीशलाई समेत जोडेर समाचार सामाग्री तयार गरिएको थियो। ‘सिधा कुरा’ नामक अनलाइन, युट्युब च्यानल, त्यसका प्रकाशक र सम्पादकमाथि अवहेलनामा हदैसम्मको कारवाही गर्न माग गरिएको छ।

भ्रामक एव्म झूट्टा सामाग्री युट्युब लगायतका सामाजिकबाट तत्काल हटाउन आदेशको माग समेत गरिएको छ .। अवहेलना मुद्दामा भनिएको छ, ‘यसप्रकारको भ्रामक, कपोलकल्पित नियोजित झुट्टा सामाग्री तयार गर्ने, प्रशारण गर्ने व्यक्तिलाई अदालतमा झिकाई बयान गराई आवश्यक कानुनी कारबाही गरिपाउँ ।’

भ्रामक समाचार रोकेर भविष्यमा समेत न्यायपालिकाको स्वतन्त्रता र स्वच्छतामा कहिँकतैबाट हुनसक्ने आक्रमण रोक्न समेत माग गरिएको छ । उपरष्ट्रिार घिमिरेले फौजदारी कसुरमा कारबाही गर्नका लागि आदेशको माग समेत गरेका छन्। निर्देशन पनि माग गरिएको छ।

‘यसरी गलत मनसायबाट तयार भएका र प्रशारण गरिएका कार्यहरू अन्य फौजदारी कसुरसमेत भएकोले सो सम्बन्धमा आवश्यक अनुसन्धान गरी कारवाही गर्नु÷गराउनु भनी सम्बन्धित निकायका नाममा आदेश जारी गरी पाउँ,’ अवहेलना मुद्दामा भनिएको छ।

 

प्रकाशित मिति: १९:३३ बजे, आइतबार, वैशाख १६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्