इलाममा सुहाङले लिए अग्रता, डम्बर ३४५ मतले पछि
सुहाङले कांग्रेसका उम्मेदवार डम्बर खड्कामाथि ३४५ मतको अग्रता बनाएका छन्। सुहाङले २५४२ मत ल्याउँदा डम्बरले २१९७ रन बनाएका छन्।
इलाम, वैशाख १७ : उपनिर्वाचन अन्तर्गत इलाम २को जारी मतगणनामा नेकपा एमालेका उम्मेदावर सुहाङ नेम्वाङले पहिलो पटक अग्रता लिएका छन्।
फाकफोकथुमको १, २, ३ र ४ वडाको गणना सकिँदा सुहाङले अग्रता बनाएका हुन्। इलाममा मतगणनाकाे सुरूवातदेखि कांग्रेसका डम्बर खड्काले अग्रता बनाएका थिए।
सुहाङले कांग्रेसका उम्मेदवार डम्बर खड्कामाथि ३४५ मतको अग्रता बनाएका छन्। सुहाङले २५४२ मत ल्याउँदा डम्बरले २१९७ रन बनाएका छन्।
यस्तै, तेस्रो स्थानमा रहेका स्वतन्त्र उम्मेदवर डकेन्द्रसिंह थेगिम ५९३ मत ल्याउँदै तेस्रो स्थानमा रहँदा राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बूले ३७९ मत ल्याएका छन्।
प्रकाशित मिति: १८:५७ बजे, आइतबार, वैशाख १६, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार