Kathmandu Press

‘रुपान्तरणका लागि प्राप्त ज्ञानलाई आत्मसात गरौं’

व्यवसायिक शिक्षामा जोड दिए रुपान्तरण सम्भव हुने भन्दै उनले छिमेकी मुलुकहरुबाट प्राप्त ज्ञान र अनुभवलाई उपयोग गरेर अगाडि बढ्नुपर्ने बताए।
‘रुपान्तरणका लागि प्राप्त ज्ञानलाई आत्मसात गरौं’

काठमाडौं, वैशाख १६ : राष्ट्रिय योजना आयोगका सदस्य डा.रामकुमार फुयालले नेपालले सामाजिक र आर्थिक रुपान्तरण हासिल गर्नका लागि मित्र राष्ट्रहरुबाट प्राप्त ज्ञान र अनुभवलाई आत्मसात गरेर अघि बढ्नुपर्ने बताएका छन्।

काठमाडौंमा आइतबार साइनो नेपाल मिडिया सोसाइटी र नेपाल राष्ट्रिय मण्डप चीनद्धारा आयोजित कार्यक्रममा उनले सामाजिक–आर्थिक रुपान्तरण आवश्यक रहेको उल्लेख गरे।  

Hardik ivf

व्यवसायिक शिक्षामा जोड दिए रुपान्तरण सम्भव हुने भन्दै उनले छिमेकी मुलुकहरुबाट प्राप्त ज्ञान र अनुभवलाई उपयोग गरेर अगाडि बढ्नुपर्ने बताए।

‘अहिलेको सरकारको मुख्य योजना भनेको देशलाई समृद्ध बनाउने, सामाजिक आर्थिक रुपान्तरणको माध्यमबाट समृद्धि हासिल गर्ने भन्ने छ। रुपान्तरण भनेको पहिलो कुरा नेपाली जनताको क्षमता, त्यसमा पनि शिक्षाको योग्यता अध्ययन र व्यवसायिक शिक्षा छ,’ उलने भने, ‘त्यसैले त्यो लेबलमा हामीले हाम्रा नजिकका मित्र राष्ट्रहरुबाट प्राप्त भएको ज्ञान र उपलब्ध र हासिल भइरहेको अनुभवलाई आत्मसात गरेर अगाडि बढ्न सक्छौं ।’

सरकारले मानव संसाधानलाई पुँजीमा निर्माण गर्ने र त्यो पुँजीलाई ‘सहि व्यक्ति र सहि ठाउँ’को अवधारणा अनुसार अगाडि बढेको बताए।

अवधारणाअनुसार धेरै रोजगारी सृजना गर्ने, उद्यमशीलताको प्रवर्धन गर्ने र त्यसका लागि सम्भव भएजति मित्र राष्ट्रहरुसँग लाभान्वित हुने गरी सम्बन्ध विस्तार गरेर जाने सरकारको नीति रहेको पनि उनले बताए।

प्रकाशित मिति: १८:४६ बजे, आइतबार, वैशाख १६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्