बझाङमा एमालेको अग्रता कायमै, माओवादी दोस्रो स्थानमा उक्लियो
कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहलाई पछि पार्दै माओवादी केन्द्रका जनकबहादुर बुढा दोस्रो स्थानमा उक्लिएका छन्। बुढाले ९९८ मत प्राप्त गर्दा सिंहले ९५५ रन प्राप्त गरेका छन्।
बझाङ, वैशाख १६ : शनिबार भएको बझाङ प्रदेश १ (क)को उपनिर्वाचनको मतगणनामा एमालेले सुरुआतदेखि नै लिएको अग्रतालाई कायमै राखेको छ।
४२१५ सदर मतमध्ये एमाले उम्मेदवार दमनबहादुर भण्डारीले १५९३ प्राप्त गर्दै अग्रतालाई कायमै राखेका हुन्।
कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहलाई पछि पार्दै माओवादी केन्द्रका जनकबहादुर बुढा दोस्रो स्थानमा उक्लिएका छन्। बुढाले ९९८ मत प्राप्त गर्दा सिंहले ९५५ रन प्राप्त गरेका छन्।
अहिलेसम्म छबिसपाथिभेरा गाउँपालिका वडा नम्वर १, २, ३, ४, ५ र ६ को मतगणना सकिँद एकीकृत समाजवादीका उम्मेदवार दिलबहादुर सिंहले ५९५ मत प्राप्त गरेका छन्।
प्रकाशित मिति: १८:३१ बजे, आइतबार, वैशाख १६, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार