Kathmandu Press

राष्ट्रिय सभा सदस्य शाक्यले लिइन शपथ 

संघीय संसद् सचिवालयको कृषि तथा प्राकृतिक स्रोत समितिको सभा हलमा आइतबार उनलाई राष्ट्रियसभा अध्यक्ष नारायण दाहालले शपथ गराएका हुन्। 
राष्ट्रिय सभा सदस्य शाक्यले लिइन शपथ 

काठमाडौं, वैशाख १६ : राष्ट्रियसभा सदस्य डा. अन्जान शाक्यले पद तथा गोपनीयताको शपथ लिएकी छन्।

संघीय संसद् सचिवालयको कृषि तथा प्राकृतिक स्रोत समितिको सभा हलमा आइतबार उनलाई राष्ट्रियसभा अध्यक्ष नारायण दाहालले शपथ गराएका हुन्। 

Hardik ivf

मनोनीत कोटाका लागि सरकारले उनको नाम राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पठाएको थियो। शाक्यलाई राष्ट्रपति पौडेलले गत चैत ६ गते राष्ट्रिय सभा सदस्यमा मनोनीत गरेका हुन्। 

५९ सदस्यीय राष्ट्रिय सभामा ३ जना मन्त्रिपरिषद्को सिफारिसका आधारमा राष्ट्रपतिले मनोनीत गर्ने व्यवस्था छ।
एमाले विदेश विभाग सदस्य शाक्य इजरायलका लागि पूर्वनेपाली राजदूतसमेत हुन्।
 

प्रकाशित मिति: १७:३३ बजे, आइतबार, वैशाख १६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्