Kathmandu Press

९ वर्षदेखि फरार अभियुक्तलाई पक्राउ गरी सार्वजनिक

प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयले आइतबार पत्रकार सम्मेलन गर्दै २०७१ साल कार्तिक १ गते काठमाण्डौ सेतिदेवीमा एक महिलाको हत्या गरि फरार रहेका म्याग्दी घर भएका समर बहादुर सार्कीलाई पक्राउ गरी सार्वजनिक गरेको हो।
९ वर्षदेखि फरार अभियुक्तलाई पक्राउ गरी सार्वजनिक

काठमाडाैं, वैशाख १६ : प्रहरीले कर्तव्य ज्यानसम्बन्धी घटनामा ९ वर्षदेखि फरार अभियुक्तलाई पक्राउ गरि सार्वजनिक गरेको छ।

प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयले आइतबार पत्रकार सम्मेलन गर्दै २०७१ साल कार्तिक १ गते काठमाण्डौ सेतिदेवीमा एक महिलाको हत्या गरि फरार रहेका म्याग्दी घर भएका समर बहादुर सार्कीलाई पक्राउ गरी सार्वजनिक गरेको हो।

Hardik ivf

उनले काठमाण्डौ सेतिदेवी, तौथली कुष्टरोग आरोग्य आश्रमको शौचालय भित्र म्याग्दी कुहु स्थायी वतन भएकी वर्ष २३ की सुनमाया किसान (सार्की) को हत्या गरेका थिए।

सुनमायाले मोवाइलमा ठूलो स्वरले कुरा गरेको बिषयमा विवाद भएपछि झगडा हुँदा समर बहादुरले हत्या गरेको खुलेको अपराध अनुसन्धान कार्यालयका डिएसपी सुरक्षा केसीले जानकारी दिए।

बैशाख १६ गते काठमाडौंको चाल्नाखेल क्षेत्रबाट पक्राउ परेका समर बहादुरलाइ आवश्यक कानुनी कारवाहीको लागी प्रहरी वृत्त कीर्तिपुर पठाईएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ।  

प्रकाशित मिति: १७:२६ बजे, आइतबार, वैशाख १६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्