इलाममा कांग्रेसका खड्का अघिअघि, पछ्याउँदै एमालेका सुहाङ, थेगिम र मिलन निकै पछाडि
तेस्रो र चौथो स्थानमा रहेका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिम लिम्बू र राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बूले क्रमशः ४३७ र ३०५ मत पाएका छन्।
इलाम, वैशाख १६ : इलाम २ मा नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले अग्रता कायमै राखेका छन्।
फाकपफेकथुम गाउँपािलकाका वडा १, २ र ३ गरी ४१ सय ८१ मत गनिसक्दा उनले १६ सय ४३ मत पाउँदा उनलाई पछ्याइरहेका नेकपा एमालेका सुहाङ नेम्वाङले १६ सय १ मत पाएका छन्। यहाँ कांग्रेस र एमाले नै मुख्य प्रतिस्पर्धी देखिएका छन्।
तेस्रो र चौथो स्थानमा रहेका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिम लिम्बू र राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बूले क्रमशः ४३७ र ३०५ मत पाएका छन्।
इलाम २ को उपनिर्वाचनमा ७ जना स्वतन्त्र र १२ राजनीतिक दलका गरी १९ जना मैदानमा छन्। एक लाख १५ हजार ८८९ मतदाता रहेको इलाम २ मा ६९ हजार २८७ भोट खसेको थियो।
प्रकाशित मिति: १७:१० बजे, आइतबार, वैशाख १६, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार