बझाङमा एमालेका भण्डारी दाेब्बर मतले अगाडि, कांग्रेसका सिंह पछिपछि
२ हजार ८२२ मत गणना गर्दा उनले १ हजार ३०३ मत पाएका छन्। उनलाई पछ्याइरहेका अभिषेक सिंहले ६ सय ५६ पाएका छन्।
चैनपुर (बझाङ), वैशाख १६ : बझाङ (क) मा भएको प्रदेशसभा सदस्य निर्वाचनकाे पछिल्लाे मतगणनाअनुसार नेकपा एमालेका उम्मेदवार दमनबहादुर भण्डारीले दाेब्बर मतले अघि बढेका छन्।
२ हजार ८२२ मत गणना गर्दा उनले १ हजार ३०३ मत पाएका छन्। उनलाई पछ्याइरहेका अभिषेक सिंहले ६ सय ५६ पाएका छन्।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार माओवादी केन्द्र जनकबहादुर बुढाले ४ सय ६१ मत , नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले ३ सय ६९ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का किशोर खड्काको १८ मत प्राप्त गरेका छन्।
यहाँ प्रदेशसभा सदस्यका लागि विभिन्न राजनीतिक दलका ११ उम्मेदवार मैदानमा छन्।
प्रकाशित मिति: १७:०३ बजे, आइतबार, वैशाख १६, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












