Kathmandu Press

हिमाञ्चल प्रदेशमा बहादुरसिंहको सालिक अनावरण

भारतीय राजनीतिज्ञ दिलकुमारी राई भण्डारी र त्रिभुवन विश्वविद्यालय नेपाली विभागका प्रमुख डा खगेन्द्रप्रसाद लुइँटेलसहितका व्यक्तिले शालिक अनावरण गरे।
हिमाञ्चल प्रदेशमा बहादुरसिंहको सालिक अनावरण

काठमाडौं, वैशाख १६ : सामाजिक अभियन्ता, पूर्वसैनिक अधिकृत तथा कवि बहादुरसिंह बरालको भारत हिमाञ्चल प्रदेश दारीकोभाक्सुस्थित गुरुगोरखनाथ मन्दिरको प्राङगणमा अर्धकदको शालिक स्थापना गरिएको छ। 

भारतीय राजनीतिज्ञ दिलकुमारी राई भण्डारी र त्रिभुवन विश्वविद्यालय नेपाली विभागका प्रमुख डा खगेन्द्रप्रसाद लुइँटेलसहितका व्यक्तिले शालिक अनावरण गरे। उनी ‘मेम्बरअफ भिक्ट्रिोरियन अर्डर तथा अर्डरअफ ब्रिटिस इन्डिया’ पदकबाट विभूषित थिए। 

Hardik ivf

बराल १९७० असार ३ गते फष्ट गोर्खा राइफल्सको दोस्रो बटालियनमा जमदार पदमा भर्ती भई सुवेदार मेजरबाट सन् १९३५ मा सेवानिवृत्त भए। सुवेदार मेजर पदमा रहँदा सन् १९१४ मा पहिलो विश्वयुद्ध सुरु भएकाले उनी पनि आफ्नो पल्टन लिएर फ्रान्सको रणभूमिमा पुगेका थिए।

दोस्रो विश्वयुद्धको प्रारम्भसँगै सरकारी आह्वानअनुसार उनी पुनः सैनिक सेवामा प्रवेश भई सन् १९५२ सम्म काम गरे। यसअवधिमा उहाँलाई मानार्थ कप्तानको दर्ज्यानी प्रदान गरियो। मास्टर मित्रसेन साहित्य सङ्गीतसभा–धर्मशाला हिमालञ्चल प्रदेश अध्यक्ष सल्लाहअनुरुप स्व. बरालको शालिक स्थापना गरिएको उनका नाती पुजन बरालले जानकारी दिए।

पैतृकथलो तत्कालीन पाल्पा भएका साहित्यकार बरालले सन् १९५५ अप्रिलमा सो गोरखनाथ मन्दिर  स्थापना गरेका थिए। उनको जन्म विस १९४७ मा वैशाख १६ गते र देहावसान विस २०१९ असोज ३० गते भएको थियो। उहाँ सन् १९३५ देखि १९३९ सम्म अल इण्डिया गोर्खा एशोसिएसनको अध्यक्ष भए। साहित्यकार बरालको आँशुमा शीर्षकको कृतिमा गीत, गजल र भजनलगायतका सिर्जना समावेश छ। यस कृतिमा एक सय ६८ वटा रचना छन्। नेपाल प्रहरीका पूर्वमहानिरीक्षक तथा म्यानमारका लागि नेपालका पूर्वराजदूत स्व खड्गजीत बराल उनका कान्छा छोरा हुन्।

प्रकाशित मिति: १५:४४ बजे, आइतबार, वैशाख १६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्