Kathmandu Press

इलाम २ मा कांग्रेसका खड्काले लिए प्रारिम्भक अग्रता

उनले ६५७ मत पाउँदा उनलाई पछ्याइरहेका नेकपा एमालेका सुहाङ नेम्वाङले ५३४ मत पाएका छन्।
इलाम २ मा कांग्रेसका खड्काले लिए प्रारिम्भक अग्रता

इलाम, वैशाख १६ : उपनिर्वाचन मतगणनाको परिणाम आउन थालेको छ। इलाम २ मा नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले प्रारिम्भक अग्रता लिएका छन्। आइतबार मध्याह्नदेखि मतगणना थालिएको थियाे।

फाकफोकथुम गाउँपालिकाकाे १ हजार ५४१ मत गन्दा  मत गन्दा उनले ६५७ मत पाउँदा उनलाई पछ्याइरहेका नेकपा एमालेका सुहाङ नेम्वाङले ५३४ मत पाएका छन्।

Hardik ivf

तेस्राे र चाैथाे स्थानमा रहेका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिम लिम्बू र राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बूले क्रमशः १८७ र ११५ मत पाएका छन्।

फाकफोकथुमको थार्नेखोप प्रावि मतदान केन्द्रबाट गणना थालिएको हो। फाकफोकथुमपछि क्रमशः चुलाचुली, माङ्सेबुङ, माई, देउमाई गाउँपालिका र इलाम नगरपालिकाको गणना गर्ने तयारी भइरहेकाे जनाइएकाे छ।

इलाम २ को उपनिर्वाचनमा ७ जना स्वतन्त्र र १२ राजनीतिक दलका गरी १९ जना मैदानमा छन्। एक लाख १५ हजार ८८९ मतदाता रहेको इलाम २ मा ६९ हजार २८७ भोट खसेको थियो।

 

प्रकाशित मिति: १५:०६ बजे, आइतबार, वैशाख १६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्