काठमाडौंको शङ्खमूलनजिकै बागमती दोभानमा आगलागी
एक ग्यारेजबाट सल्किएकाे आगाेले वरिपरिका पानपसल, चियापसल, माछापसल, फलफूल पसल, तरकारी पसल र टहरा जलेर नष्ट बनाएको प्रहरीले जनाएको छ।
काठमाडौं, वैशाख १६ : काठमाडौंको शंखमुल नजिकै बागमती दोभानमा आगलागी भएको छ।
एक ग्यारेजबाट सल्किएकाे आगाेले वरिपरिका पानपसल, चियापसल, माछापसल, फलफूल पसल, तरकारी पसल र टहरा जलेर नष्ट बनाएको प्रहरीले जनाएको छ।
प्रहरी र स्थानीयको समेत सहयोगमा आगो निभाउने कार्य भइरहेकाे छ। ललितपुर र काठमाडाैं महानगरका दमकल पनि प्रयाेगमा ल्याइएका छन्।
आगलागीको कारण र क्षतिको यकिन विवरण आउन बाँकी छ।
प्रकाशित मिति: १४:०८ बजे, आइतबार, वैशाख १६, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार