Kathmandu Press

व्यावसायिक वातावरण  सुधार्न सरकारले विभिन्न नीतिगत सुधार गरेको छ : अर्थमन्त्री पुन

आइतबार  ‘नेपाल लगानी सम्मेलन २०२४’को अर्थमन्त्री पुनले सम्मेलनका क्रममा सरकार तथा लागानीकर्ता,  स्वदेशी निजी क्षेत्र र विदेशी निजी क्षेत्रबीच विभिन्न सम्झौता र समझदारीका साथै परियोजना विकास र व्यवस्थापनसम्बन्धी सम्झौता हुने
व्यावसायिक वातावरण  सुधार्न सरकारले विभिन्न नीतिगत सुधार गरेको छ : अर्थमन्त्री पुन

काठमाडाैं, वैशाख १६ : अर्थमन्त्री वर्षमान पुनले व्यवसायिक वातावरण  सुधार गर्ने र लगानीकर्ताको विश्वास बढाउने उद्देश्यले सरकारले विभिन्न नीतिगत सुधार गरेको जानकारी दिएमन छन्।

आइतबार  ‘नेपाल लगानी सम्मेलन २०२४’को अर्थमन्त्री पुनले सम्मेलनका क्रममा सरकार तथा लागानीकर्ता,  स्वदेशी निजी क्षेत्र र विदेशी निजी क्षेत्रबीच विभिन्न सम्झौता र समझदारीका साथै परियोजना विकास र व्यवस्थापनसम्बन्धी सम्झौता हुने

Hardik ivf

विश्वास लिइएको बताए। अर्थमन्त्री पुनले नेपालले पछिल्लो समय स्वच्छ ऊर्जा, पर्यटन, सूचना प्रविधि, कृषि र कृषिमा आधारित उद्योगका क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल गरेको बताए।

उनले सरकार निजी क्षेत्रसँग निजी प्रत्यक्ष लगानीका साथै सार्वजनिक–निजी साझेदारीमार्फत सहकार्य गर्न प्रतिबद्ध रहेको जिकिर गरे। मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर  कलकारखाना, उद्योगधन्दा स्थापनालगायत आर्थिक उन्नयनका परियोजना कार्यान्वयन गर्ने लक्ष्यका साथ तेस्रो लगानी सम्मेलन आयोजना गरिएको हो।

सम्मेलनमा लगानीका लागि  एक सय ५१ परियोजना प्रस्तुत गरिएका छन् भने ५५ भन्दा बढी देशका एक हजार छ सय लगानीकर्ता सहभागी छन्। 

प्रकाशित मिति: १३:२१ बजे, आइतबार, वैशाख १६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्