Kathmandu Press

नक्कली परीक्षार्थीलाई जाँच दिलाएको आराेपमा प्रिन्सिपल पक्राउ

हालसम्म एक जना विद्यार्थीलाई नक्कली परीक्षार्थी बनाएको प्रमाण भेटिएको प्रहरीकाे भनाइ छ।
नक्कली परीक्षार्थीलाई जाँच दिलाएको आराेपमा प्रिन्सिपल पक्राउ

काठमाडौं, वैशाख १६ : कक्षा १२ को परीक्षामा नक्कली परीक्षार्थीलाई जाँच दिलाएको आराेपमा काठमाडौंको धुम्बाराहीस्थित प्रोलिफिक सेकेन्डरी स्कुलका प्रिन्सिपल गोपालबहादुर महत पक्राउ परेका छन्।

महतलाई प्रहरी वृत्त महाराजगञ्जमा राखिएको छ। यसमा अन्यको संलग्नताबारे छानबिन भइरहेको प्रहरीको भनाइ छ।

Hardik ivf

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार  उक्त स्कुलमा कम्तीमा ४ जना नक्कली परीक्षार्थी रहेको विवरणसहित वैशाख १२ गते शिक्षा मन्त्रालयमा उजुरी परेको थियो। जसअनुसार महतलाई पक्राउ गरिएको बताइएकाे छ। हालसम्म एक जना विद्यार्थीलाई नक्कली परीक्षार्थी बनाएको प्रमाण भेटिएको प्रहरीकाे भनाइ छ।

स्रोतका अनुसार प्रिन्सिपल महतसमेतको संलग्नतामा एउटा रजिष्ट्रेसन फर्ममा एक जनाको विवरण र प्रवेशपत्रमा अर्कैको फोटो राखेर जाँच दिलाएको भन्दै उजुरी परेको थियो। परीक्षा दिएकामध्ये दुई जना महतकै आफन्त छन्। 

 वैशाख १४ मा सुरु भएको कक्षा १२ को परीक्षा २६ वैशाखसम्म चल्नेछ।

प्रकाशित मिति: १३:०१ बजे, आइतबार, वैशाख १६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्