Kathmandu Press

जसपाको कार्यवाहक अध्यक्षको जिम्मेवारी श्रेष्ठलाई

सो पार्टीका अध्यक्ष उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादव शनिबार अमेरिका प्रस्थान गरेपछि श्रेष्ठलाई कार्यबाहक अध्यक्षको जिम्मेवारी दिइएको सो पार्टीका प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए। 
जसपाको कार्यवाहक अध्यक्षको जिम्मेवारी श्रेष्ठलाई
Hardik ivf

काठमाडौं, वैशाख १६ : जनता समाजवादी पार्टी (जसपा) नेपालको कार्यबाहक अध्यक्षको जिम्मेवारी केन्द्रीय कार्यकारिणी समिति सदस्य राजेन्द्रप्रसाद श्रेष्ठलाई तोकिएको छ।

सो पार्टीका अध्यक्ष उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादव शनिबार अमेरिका प्रस्थान गरेपछि श्रेष्ठलाई कार्यबाहक अध्यक्षको जिम्मेवारी दिइएको सो पार्टीका प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए। 

अप्रिल ३० देखि मे ३ तारिखसम्म सङ्युक्त राष्ट्र सङ्घीय सचिवालय न्यूयोर्कमा हुने विश्व जनसङ्ख्यासम्बन्धी सम्मेलनमा सहभागी हुन अध्यक्ष यादव शनिबार बेलुकी अमेरिका प्रस्थान गरेकाे र मे ७ तारिखमा स्वदेश फर्किनु हुने कार्यक्रम तय भएको समेत बस्नेतले बताए।

प्रकाशित मिति: १२:२२ बजे, आइतबार, वैशाख १६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्