‘सिफारिस लिएर आउनुस्, जुनै पालिकाको भए पनि गरिब र असहायको उपचार काठमाडौं महानगरले गर्छ’
मेयर बालेनले आफूहरुसँग गरिब तथा असहायको उपचारका लागि ४३ अस्पतालमा ३२३ बेड रहेकाे बताएका छन्।
काठमाडौं, वैशाख १६ : काठमाडौँ महानगरपलिकाका प्रमुख बालेन शाहले नेपालका जुनसुकै पालिकाका गरिब तथा असहायको काठमाडौं महानगरले उपचार गर्ने बताएका छन्।
मेयर बालेनले आफूहरुसँग गरिब तथा असहायको उपचारका लागि ४३ अस्पतालमा ३२३ बेड रहेकाे बताएका छन्।
‘नेपालको जुनसुकै पालिकाको भएपनि अशक्त र गरिब नागरिक बिरामीहरुले आफ्नो पालिकाबाट विपन्न, असहायको सिफारिस लिएर काठमाडौं महानगर आउनुहोला, हामीसँग ४३ अस्पतालका ३२३ बेड आबद्ध छन्, त्यहाँ बिरामीको आवश्यकता अनुसार निःशुल्क उपचार हुनेछ,’ आइतबार सामाजिक सञ्जालमार्फत् उनले भनेका छन्।
उनले त्यसबारे टोल छिमेक वा आफन्तहरुलाई समेत जानकारी दिन आग्रह गरेका छन्। बालेनले त्यसबारे बिस्तृत जानकारीका लागि महानगरपालिकाको स्वास्थ्य बिभागको सम्पर्क नं. ११८० मा सम्पर्क गर्न समेत आग्रह गरेका छन्।
प्रकाशित मिति: ११:०६ बजे, आइतबार, वैशाख १६, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












