Kathmandu Press

नेपाल अन्तर्राष्ट्रिय लगानी आकर्षक गन्तव्य हो भन्ने पुष्टि लगानी सम्मेलनले गरेकाे छ : अर्थमन्त्री

नेपालको निमन्त्रणामा आएका अन्तर्राष्ट्रिय लगानीकर्ताहरुलाई आभार प्रकट गरेका मन्त्री पुनले सम्मेलनका क्रममा लगानीकर्ता र सरोकारवालाबिच धेरै सम्झौता र समझदारीका साथै परियोजना विकास र व्यवस्थापनसम्बन्धी सम्झौता हुने विश्वास लिएको बताए।
नेपाल अन्तर्राष्ट्रिय लगानी आकर्षक गन्तव्य हो भन्ने पुष्टि लगानी सम्मेलनले गरेकाे छ : अर्थमन्त्री

काठमाडौं, वैशाख १६ : अर्थमन्त्री वर्षमान पुनले नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक गन्तव्य भएको उल्लेख गर्दै लगानीका लागि राष्ट्रिय अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेका छन्।

काठमाडौंमा भएको तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलनको उदघान सत्रमा सम्बोधन गरेका मन्त्री पुनले नेपाललाई आकर्षक गन्तव्यको रूपमा चिनाउनु नै सम्मेलनको मुख्य उद्देश्य भएको समेत बताए।

Hardik ivf

उनले सम्मेलनमार्फत नेपालले विदेशी तथा स्वदेशी लगानी प्रवर्द्धन गर्न नियामक क्षेत्रमा भएका सुधार र कामबारे जानकारी गराउनु, लगानी सम्मेलका लागि तयार भएका परियोजनाहरूसहित विभिन्न क्षेत्रका आयोजनाहरूको विस्तृत प्रदर्शनी गर्नु पनि सम्मेलनको उद्देश्य रहेकोमा जोड दिए।

नेपालको निमन्त्रणामा आएका अन्तर्राष्ट्रिय लगानीकर्ताहरुलाई आभार प्रकट गरेका मन्त्री पुनले सम्मेलनका क्रममा लगानीकर्ता र सरोकारवालाबिच धेरै सम्झौता र समझदारीका साथै परियोजना विकास र व्यवस्थापनसम्बन्धी सम्झौता हुने विश्वास लिएको बताए।

सम्मेलन नीति निर्माताहरू, लगानीकर्ताहरू, विशेषज्ञहरू र अन्य सरोकारवालाबीच विचार आदानप्रदान गर्नुका साथै उद्योग र पूर्वाधार विकास जस्ता क्षेत्रमा सहकार्यका लागि नेटवर्किङ गर्ने अवसरमा रुपान्तरण हुने विश्वास मन्त्री पुनले लिए।

 

प्रकाशित मिति: १०:५९ बजे, आइतबार, वैशाख १६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्