Kathmandu Press

इलाम–२ मा मतगणना अघि सर्वदलीय बैठक सुरु

सर्वदलीय बैठकमा सबै राजनीतिक दलका उम्मेदवारसहित सरोकारवालाहरू पनि उपस्थित छन् ।  इलाम नगरपालिका–२ स्थित गौतम बुद्ध सम्मेलन केन्द्रमा बसेको बैठकमा सहमति जुटाएर मतगणना थालिने छ । 
इलाम–२ मा मतगणना अघि सर्वदलीय बैठक सुरु
Hardik ivf

काठमाडौँ, वैशाख १६ : उपनिर्वाचन अन्तर्गत इलाम–२ को मतगणना अघि सर्वदलीय बैठक सुरु भएको छ ।  बैठक सकिए लगत्तै मतगणना सुरु गरिने मुख्य निर्वाचन अधिकारी केशव घिमिरेले बताए । 

सर्वदलीय बैठकमा सबै राजनीतिक दलका उम्मेदवारसहित सरोकारवालाहरू पनि उपस्थित छन् ।  इलाम नगरपालिका–२ स्थित गौतम बुद्ध सम्मेलन केन्द्रमा बसेको बैठकमा सहमति जुटाएर मतगणना थालिने छ । 

इलाम–२ उपनिर्वाचनमा कुल मत ६९ हजार ४२१ मत खसेको थियो । हृदयाघातका कारण सुवासचन्द्र नेम्वाङको निधनपश्चात् यस क्षेत्रमा उपनिर्वाचन भएको हो ।

प्रकाशित मिति: ०८:५७ बजे, आइतबार, वैशाख १६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्