इलाम–२ को मतपेटिका संकलन सकियो, मतगणनाका लागि सर्वदलीय बैठक बस्दै
इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले सबै ठाउँबाट मतपेटिकाहरू संकलन भइसकेको बताए । ‘मतपेटिका संकलन भइसक्यो । अब सर्वदलीय बैठक बस्दैछ,’ उनले भने, ‘बैठकको निर्णयअनुसार मतगणता सुरु हुन्छ । हामीले तत्कालै मतगणना सुरु गर्ने गरी तयारी गरेका छौँ ।’-1714269347.jpg)
इलाम, वैशाख १६ : शनिवार उपनिर्वाचन भएको इलाम–२ मा मतपेटिका संकलन कार्य पूरा भएको छ । अहिले विहान सर्वदलीय बैठक बस्दैछ । बैठकलगत्तै मतगणना सुरू गर्ने तयारी छ ।
इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले सबै ठाउँबाट मतपेटिकाहरू संकलन भइसकेको बताए । ‘मतपेटिका संकलन भइसक्यो । अब सर्वदलीय बैठक बस्दैछ,’ उनले भने, ‘बैठकको निर्णयअनुसार मतगणता सुरु हुन्छ । हामीले तत्कालै मतगणना सुरु गर्ने गरी तयारी गरेका छौँ ।’
इलाममा सदरमुकामको गौतमबुद्ध सभागृहमा मतगणनास्थल बनाइएको छ । चुलाचुली गाउँपालिका, माङ्सेबुङ गाउँपालिका र फाकफोकथुम गाउँपालिकाको मतपेटिका शनिबार राति १० बजेसम्म पनि संकलन हुन नसकेपछि गणना हुन ढिलाइ भएको हो ।
यहाँ १ लाख १५ हजार ८८९ मतदातामध्ये ६९ हजार २८७ मतदाताले मतदान गरेका छन् । निर्वाचन आयोगका अनुसार यहाँ करिब ६० प्रतिशत मत खसेको हो ।
प्रकाशित मिति: ०७:४० बजे, आइतबार, वैशाख १६, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












