Kathmandu Press

‘मेराे ध्यान समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्यमा केन्द्रित छ’

उनले आफूसँग सम्पती नरहेको र भएको सम्पती समेत दान गरिसकेको अवस्थामा सम्पती कमाउने कुनै लोभ लालच नभएको जिकिर गरे। उनले आफू एकप्रकारको सन्त नै भएको बताए।
‘मेराे ध्यान समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्यमा केन्द्रित छ’

सुनसरी, वैशाख १५ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो ध्यान समृद्ध नेपाल सुखी नेपालीको लक्ष्यमा केन्द्रीत रहेको बताएका छन्।

शनिबार सुनसरीको चतराधाम कुम्भ मेलामा पुग्नुभएका ओलीले देश, जनता र मावनकल्याणका लागि समर्पित हुँदै समृद्ध नेपाल सुखी नेपालीको लक्ष्यमा आफ्नो ध्यान केन्द्रीत रहेको बताएका हुन्।

Hardik ivf

उनले आफूसँग सम्पती नरहेको र भएको सम्पती समेत दान गरिसकेको अवस्थामा सम्पती कमाउने कुनै लोभ लालच नभएको जिकिर गरे। उनले आफू एकप्रकारको सन्त नै भएको बताए।

ओलीले कोशी क्षेत्र सप्तऋषिहरुले तपस्या गरेको परित्र भूमि भएकाले धार्मिक इतिहाससँग जोडिएको स्थानको विकासका लागि आफुले सदैव सहयोग गर्ने प्रतिवद्धता जनाए। उनले पवित्र देवभूमिको संरक्षण गर्नुपर्ने र आगामी पुस्ताहरुलाई पनि यसबारे अवगत गराउनुपर्ने बताए।

यस वर्ष चतराधाम कुम्भ मेलामा १२ लाख भक्तजनले स्नान गरेको आयोजक समितिले जनाएको छ। चैत २७ गते सुरु भएको पूर्ण महाकुम्भ मेला वैशाख २८ गतेसम्म चल्नेछ।

प्रकाशित मिति: २१:१८ बजे, शनिबार, वैशाख १५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्