Kathmandu Press

इलाममा ५८ र बझाङमा ५० प्रतिशत मतदान : आयोग

पन्थले इलाममा शनिबार राती ११ बजेटसम्म सबै मतपेटिका संकलन भइ मतगणना स्थलमा आइसक्ने र बझाङमा भने आइतबार बिहान १० बजेसम्म सदरमुकाममा सवै मतपेटिका आइसक्ने पन्तले बताए।
इलाममा ५८ र बझाङमा ५० प्रतिशत मतदान : आयोग

काठमाडौं, वैशाख १५ : इलाम–२ मा शनिबार सम्पन्न प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा ५८ प्रतिशत मतदान भएको छ।

निर्वाचन आयोगले शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै इलाममा करिव ५८ प्रतिशत मतदान भएको जनाएको हो।

Hardik ivf

त्यस्तै बझाङ निर्वाचन क्षेत्र १ (क)मा प्रदेशसभा सदस्यका लागि भएको निर्वाचनमा करिव ५० प्रतिशत मतदान भएको आयोगका सचिव रविलाल पन्थले जनाए।

उपनिर्वाचनमा इलाम जिल्ला प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं. २ मा १ लाख १५ हजार ८ सय ८९ मतदाता र बझाङ जिल्ला प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नं. १ मा ६१ हजार ७ सय ४८ मतदाता थिए।

उनले मतदान सम्पन्न भएसँगै दुवै स्थानका मतपेटिकाहरु संकलनको काम सुरु भइसकेको बताए।

पन्थले इलाममा शनिबार राती ११ बजेटसम्म सबै मतपेटिका संकलन भइ मतगणना स्थलमा आइसक्ने र बझाङमा भने आइतबार बिहान १० बजेसम्म सदरमुकाममा सवै मतपेटिका आइसक्ने पन्तले बताए।

इलाम–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य एमाले नेता सुवासचन्द्र नेम्वाङको गत भदौ २६ गते हृदयाघात तथा बझाङ–१ का प्रदेशसभा सदस्य नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंहको गत असार २५ गते सडक दुर्घटनामा निधन भएपछि रिक्त भएका ती स्थानमा उपनिर्वाचन भएको हो।

 

प्रकाशित मिति: २०:१४ बजे, शनिबार, वैशाख १५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्