Kathmandu Press

ज्यान मुद्दाका पाँच महिला प्रतिवादी १७ वर्षपछि पक्राउ

पक्राउ पर्नेमा सरूमारानी गाउँपालिका–४ ओखरडाँडाकी ६७ वर्षीया हुमीकुमारी देवी सारू, ७५ वर्षीया दिलिसरादेवी सोमै, ४० वर्षीया सीतादेवी पुलामी, ३९ वर्षीया झविसरा पुलामी र ४९ वर्षीया पुतलीदेवी नेपाली छन्।
ज्यान मुद्दाका पाँच महिला प्रतिवादी १७ वर्षपछि पक्राउ

प्युठान, वैशाख १९ : चैत कर्तव्य ज्यान मुद्दाका एकै गाउँका ५ जना महिला प्रतिवादीलाई घटनाको १७ वर्षपछि प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सरूमारानी गाउँपालिका–४ ओखरडाँडाकी ६७ वर्षीया हुमीकुमारी देवी सारू, ७५ वर्षीया दिलिसरादेवी सोमै, ४० वर्षीया सीतादेवी पुलामी, ३९ वर्षीया झविसरा पुलामी र ४९ वर्षीया पुतलीदेवी नेपाली  छन्।

Hardik ivf

सरूमारानी गाउँपालिका–४ ओखरडाँडा बस्ने ३० वर्षीया हरिकला बुढाथोकीले छोरा जन्माएकी थिइन्। अवैध सम्बन्धबाट शिशु जन्माएको भन्दै उनलाई २०६३ असोज ९ गते हुमीकुमारीदेवी सारू, दिलिसरादेवी सोमै र हिमीकुमारी राना समेतले कुटपिट गरेका थिए । गम्भीर घाइते हरिकलाको तत्कालीन बुटवल अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो।

घटनापछि अभियुक्तहरु फरार सूचीमा थिए। जिल्ला प्रहरी कार्यालय प्यूठानबाट खटिएको प्रहरीले घटनामा संलग्न उनीहरूलाई पक्राउ गरेको हो। घटनामा संलग्न अभियुक्तमध्ये हिमीकुमारी रानाको मृत्यु भइसकेको समेत खुल्न आएको प्रहरीले जनाएको छ।

उनीहरूलाई फैसला कार्यान्वयनका लागि प्रहरीले जिल्ला अदालत प्यूठानमा उपस्थित गराएको छ।

 

प्रकाशित मिति: १९:४६ बजे, शनिबार, वैशाख १५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्