Kathmandu Press

उपनिर्वाचन शान्तिपूर्णरूपमा सम्पन्न भएकोमा सभापति देउवाले दिए धन्यवाद

उपनिर्वाचनबाट आउने परिणामले मुलुकलाई लोकतान्त्रिक संस्कार र संस्कृतिमा आधारित समतामूलक एवं न्यायपूर्ण समाज निर्माणमा सहयोग गर्नेछ भन्ने विश्वास सभापति देउवाले लिएका छन्।
उपनिर्वाचन शान्तिपूर्णरूपमा सम्पन्न भएकोमा सभापति देउवाले दिए धन्यवाद

काठमाडौं, वैशाख १५ : नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले इलाम र बझाङमा शान्तिपूर्णरूपमा उपनिर्वाचन सम्पन्न भएकोमा सबैलाई धन्यवाद ज्ञापन गरेका छन्।

शनिबार साँझ एक विज्ञप्ति जारी गर्दै उनले इलाम प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ र बझाङ प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ (क) मा शान्तिपूर्णरुपमा उपनिर्वाचन सम्पन्न भएकामा सबैलाई धन्यवाद ज्ञापन गरेका हुन्।

सभापति देउवाले मतदाताको उत्साहपूर्ण सहभागिताबाट फेरि एकपटक नेपाली नागरिकको लोकतन्त्रप्रतिको अगाध र अविचलित आस्था अभिव्यक्त भएको बताएका छन्।

उपनिर्वाचनबाट आउने परिणामले मुलुकलाई लोकतान्त्रिक संस्कार र संस्कृतिमा आधारित समतामूलक एवं न्यायपूर्ण समाज निर्माणमा सहयोग गर्नेछ भन्ने विश्वास सभापति देउवाले लिएका छन्।

mनिर्वाचनमा संयम र धैर्यका साथ सरिक भई अमूल्य मत खसाल्नु भएकामा इलाम र बझाङका मतदाताप्रति आभार एवं कृतज्ञता व्यक्त गर्दछु,’ विज्ञप्तिमा भनिएको छ, ‘उपनिर्वाचनमा सक्रिय सहभागिता जनाएर अभिव्यक्त भएको अमूल्य मतले संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ र संस्थागत गर्न थप योगदान पु¥याउने विश्वास छ।’

त्यस्तै, शान्तिपूर्ण र भयरहित वातावरणमा निर्वाचन गराउन सफल भएकामा निर्वाचन आयोग, निर्वाचनमा अहोरात्र खटिनुभएका राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय तथा निर्वाचनमा सहभागी राजनीतिक दल, सञ्चारकर्मीलगायतलाई पनि उनले धन्यवाद तथा आभार व्यक्त गरेका छन्।

प्रकाशित मिति: १८:३६ बजे, शनिबार, वैशाख १५, २०८१