Kathmandu Press

आध्यात्मिक ज्ञानबाट प्रशिक्षित व्यक्तिले समाज र राष्ट्रलाई सकारात्मक दिशा दिन सन्छन् : मन्त्री चाैधरी

आध्यात्मिक ज्ञानबाट प्रशिक्षित राजनीतिज्ञ भएमा उसले गर्ने काम कारबाहीहरू र उसले लिने कामको रणनीतिहरु समाजलाई सकारात्मक दृष्टिकोणले उत्थान, विकास गर्ने गरी अगाडि बढ्ने उनले बताइन्।
आध्यात्मिक ज्ञानबाट प्रशिक्षित व्यक्तिले समाज र राष्ट्रलाई सकारात्मक दिशा दिन सन्छन् : मन्त्री चाैधरी

काठमाडाैं, वैशाख १५ : महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले आध्यात्मिक ज्ञानबाट प्रशिक्षित व्यक्तिले समाज र राष्ट्रलाई सकारात्मक दिशा दिने बताएकी छन्।

ब्रह्मकुमारी राजयोग सेवा केन्द्र काठमाडौँले शनिबार काठमाडौँमा आयोजना गरेको ‘स्वच्छ र स्वस्थ समाजका लागि आध्यात्मिक सशक्तीकरण’ राष्ट्रिय शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले आध्यात्मिक ज्ञान बुझेको मान्छेले समाजलाई नकारात्मक दृष्टिले हेर्न नसक्ने समेत बताइन्।

Hardik ivf

आध्यात्मिक ज्ञानबाट प्रशिक्षित राजनीतिज्ञ भएमा उसले गर्ने काम कारबाहीहरू र उसले लिने कामको रणनीतिहरु समाजलाई सकारात्मक दृष्टिकोणले उत्थान, विकास गर्ने गरी अगाडि बढ्ने उनले बताइन्।

एकले अर्कालाई कसरी पछाडि पारेर आफू अगाडि जाने भन्ने गलत प्रतिस्पर्धाका कारण समाज केही रूपमा गलत दिशातर्फ गएको हो कि भन्ने लागे पनि ती गलत मान्यता र अभ्यासहरूलाई यस्ता कार्यक्रमहरूले चिर्न सकिने उनको भनाइ थियो। मन्त्री चौधरीले समाजमा रहने हरेक व्यक्तिको विचारमा थोरै भए पनि आध्यात्मिक चेतना आउनै पर्ने बताइन्।

आध्यात्मिक सेवा केन्द्र, प्रशिक्षण केन्द्र, आध्यात्मिक मन्दिर, गुम्बा जस्ता धार्मिक सेवा केन्द्रहरूले असल व्यवहार, सकारात्मक व्यवहारहरूको कुरा ल्याउने कामहरूमा तत्पर रहेको बताउँदै उनले त्यसलाई सबैले अनुशरण गर्नुपर्ने बताइन्।

प्रकाशित मिति: १७:२० बजे, शनिबार, वैशाख १५, २०८१
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्