Kathmandu Press

ओलीलाई संकेत गर्दै नेपालले भने- कोहीकोहीको काम हामीलाई हेप्ने मात्रै छ

पार्टीको हेटौंडामा शनिबार सुरु भएको मकवानपुर जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले घुमाउरो पाराले ओलीमा देखिएको अहंकारका कारण २०७४ सालको आम चुनावमा तत्कालीन नेकपाले पाएको झन्डै दुई तिहाइ मतको सदुपयोग हुन नसकेको जिकिर गरे।
ओलीलाई संकेत गर्दै नेपालले भने- कोहीकोहीको काम हामीलाई हेप्ने मात्रै छ

हेटौंडा, वैशाख १४ : नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि खनिएका छन्। 

पार्टीको हेटौंडामा शनिबार सुरु भएको मकवानपुर जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले घुमाउरो पाराले ओलीमा देखिएको अहंकारका कारण २०७४ सालको आम चुनावमा तत्कालीन नेकपाले पाएको झन्डै दुई तिहाइ मतको सदुपयोग हुन नसकेको जिकिर गरे। उनले ओलीले आफूहरुलाई हेप्ने काम गरेको सांकेतिक रुपमा टिप्पणीसमेत गरे।

Hardik ivf

उनले ओलीले पार्टीको विधान, सिद्धान्त र संविधान मिचेकै कारणले अहिलेसम्म सिंगो आन्दोलनले नै धक्का खाइरहेको दाबी गरे। आफूहरुको काँधमा लोकतन्त्रको रक्षा गर्ने जिम्मेवारी रहेको उनकाे भनाय थियाे।

‘कोहीकोहीको काम के छ भने हामीलाई हेप्ने। तर त्यसरी चिढ्याउन हामीलाई आउँदैन। संस्कार राम्रो नभएर बिग्रिएको हो। हाम्रो पार्टी संस्कारयुक्त, गर्व गर्नलायकको, सम्मान गर्ने खालको हुन्छ,’ अध्यक्ष नेपालले भने।

उनले नेकपा एसमा सरकार फेरबदलको चिन्ता नरहेको जकिरि गरे। देश बनाउने पक्षमा आफू र आफ्नो पार्टीको चासो र चिन्ता रहेको उनले बताए।

प्रकाशित मिति: १७:०९ बजे, शनिबार, वैशाख १५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्