आम जनता पार्टी र समाजवादी जनएकता पार्टीबीच एकीकरण
साहको नेतृत्वमा आम जनता पार्टी नाम रहने गरी शनिबार यी दुई पार्टीबीच एकीकरणको घोषणा भएको हो।
काठमाडौं, वैशाख १५ : प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) र नारायण श्रेष्ठ नेतृत्वको समाजवादी जनएकता पार्टीबीच एकीकरण भएको छ।
साहको नेतृत्वमा आम जनता पार्टी नाम रहने गरी शनिबार यी दुई पार्टीबीच एकीकरणको घोषणा भएको हो।आजपाका अध्यक्ष साह र समाजवादी जनएकता पार्टी नेपालका संयोजक श्रेष्ठले एकताको आधारपत्रमा हस्ताक्षर गरे।
जनएकता पार्टीका संयोजक नारायण श्रेष्ठलगायत सबै नेताको कार्यविभाजन एवं भूमिका सम्मानजनक रहने बताइएको छ। कार्यक्रममा बोल्दै साहले अग्रगामी सोच र विचारका पार्टीसँग एकता गर्दै जाने बताए।
प्रकाशित मिति: १६:५८ बजे, शनिबार, वैशाख १५, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












