Kathmandu Press

केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल उपाधि एपिएफलाई

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा शनिबार भएको फाइनलमा नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै एपिएफले उपाधि जितेको हो।
केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल उपाधि एपिएफलाई

काठमाडाैं, वैशाख १५ : केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि नेपाल एपिएफ क्लबले जितेको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा शनिबार भएको फाइनलमा नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै एपिएफले उपाधि जितेको हो।

खेलमा पहिलो सेटमा एपिएफ २५–२२ ले विजयी भयो। त्यस्तै दोस्रो सेट पनि पुलिसले एपिएफलाई २४–२६ ले सुम्पन पुग्यो।

त्यस्तै तेश्रो सेट एपिएफले २५–१९ ले जित्यो। उपाधिसँगै एपिएफले ट्रफीसँगै ४ लाख ९९ हजार रुपैयाँ प्राप्त गरेको छ भने उपविजेता पुलिसले २ लाख ५० हजार रुपैयाँमा चित्त बुझाउन बाध्य भयो।

त्यस्तै प्रतियोगीतामा तेस्रो भएको न्यु डायमण्ड महिला भलिबल टिमले १ लाख २५ हजार रुपैयाँ प्राप्त गर्यो भने तथा चौथो भएको आर्मीले ६२ हजार रुपैयाँ प्राप्त गरेको छ।

शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा भएको प्रतियोगितामा नेपालका शीर्ष चार टोलीको सहभागिता रहेको थियो। 

प्रकाशित मिति: १६:४७ बजे, शनिबार, वैशाख १५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्