Kathmandu Press

यसरी तयार पार्दैछ महावीर पुनको आविष्कार केन्द्रले पीपीई (फोटो फिचर)

काठमाडौं, चैत १३ : विश्वभर फैलिरहेको कोरोना भाइरसको संक्रमण नेपालमा पनि देखिएको छ। कोरोनाका संक्रमित देखिएपछि सरकारले चैत १८ गतेसम्मका लागि लक डा....

यसरी तयार पार्दैछ महावीर पुनको आविष्कार केन्द्रले पीपीई (फोटो फिचर)
रिवाज राई

काठमाडौं, चैत १३ : विश्वभर फैलिरहेको कोरोना भाइरसको संक्रमण नेपालमा पनि देखिएको छ। कोरोनाका संक्रमित देखिएपछि सरकारले चैत १८ गतेसम्मका लागि लक डाउन गरेको छ। कोरोना संक्रमणको आशंकामा  धेरै नेपाली अस्पताल भर्ना भएका छन् परीक्षणका लागि।

तर, कोरोना परीक्षणमा संलग्न चिकित्सकका लागि आवश्यक पर्ने व्यक्तिगत सुरक्षा कवच (पीपीई) को अभाव छ। परीक्षणमा संलग्न चिकित्सकहरुले पीपीई र माक्स नपाएको गुनासो गरिरहेका छन्।  तर, सरकारले माग भएजति पीपीई उपलब्ध गराउन सकेको छैन।

देशभर पीपीई अभाव भएपछि केही अस्पतालले आफैँ बनाउनका थालेका छन्।  त्रिवि शिक्षण अस्पताल र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका लागि महाविर पुनको राष्ट्रिय आविष्कार केन्द्रले पीपीई बनाउन सुरु गरेको छ। केन्द्रले धमाधम पीपीई बनाउन सुरु गरेको छ। तर पीपीई बनाउन कामदारको अभाव भएको उसले जनाएको छ। 

पीपीई बनाउँदै गरेका केही तस्वीर :

प्रकाशित मिति: १८:३२ बजे, बिहीबार, चैत १३, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्