Kathmandu Press

उपनिर्वाचन अपडेट : इलाममा ५२ प्रतिशत र बझाङमा ४३ प्रतिशत मतदान

बिहान ७ बजे सुरू भएकाे  निर्वाचन साँझ ५ बजेसम्म चल्नेछ।
उपनिर्वाचन अपडेट : इलाममा ५२ प्रतिशत र बझाङमा ४३ प्रतिशत मतदान

काठमाडाैं, वैशाख १५ : इलाम २ र बझाङ (क) मा शनिबार उपनिर्वाचन भइरहेको छ। बिहान ७ बजे सुरू भएकाे  निर्वाचन साँझ ५ बजेसम्म चल्नेछ।

इलाम क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि जारी मतदानमा साढे ३ बजेसम्म  ५२ प्रतिशत मत खसेको छ। तथ्याङ्क अनुसार ६० हजार मत खसेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए। 

Hardik ivf

खसेको मत सङ्ख्याको आधारमा यो ५२ प्रतिशत मत हो। इलाम २ मा एक लाख १५ हजार आठ सय ८९ मतदाता छन्। बिहान ७ बजेदेखि ७९ मतदानस्थलका एक सय ४९ मतदान केन्द्रमा मतदान भइरहेको छ। 

सबै केन्द्रमा शान्तिपूर्ण र उत्साहजनक रुपमा मतदान भइरहेको प्रमुख जिल्ला अधिकारी यादवले जानकारी दिनुभयो।

इलाम २ मा १२ राजनीतिक दलका र सात स्वतन्त्र गरी १९ जना उम्मेद्वार चुनावी प्रतिस्पर्धामा छन्। सो क्षेत्रमा एमालेका सुहाङ नेम्बाङ, कांग्रेसका डम्बर खड्का, रास्वपाका मिलन लिम्बू र पहिचानवादी साझा स्वतन्त्र उम्मेद्वार डकेन्द्रसिंह थेगिमबीच मुख्य प्रतिस्पर्धा हुने आँकलन छ।

त्यस्तै बझाङ (क) को उपनिर्वाचनमा साढे ३ बजेसम्ममा ४३ प्रतिशत मतदान भएको छ।  मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेका अनुसार हालसम्ममा २६ हजार पाँच सय मत खसेको छ। मतदाता उत्साहपूर्वक लामबद्ध भएर मतदान गरिरहेका छन्। प्रदेशसभा ९क० का ७४ वटै मतदान स्थल र ९४ मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान जारी रहेको मुख्य निर्वाचन अधिकृत लामिछानेले राससलाई जानकारी दिनुभयो।  

शान्तिपूर्ण रूपमा मतदान सम्पन्न गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली खटिएको छ। प्रदेशसभा ९क० मा ६१ हजार सात सय ४८ मतदाता रहेका छन्।  गत निर्वाचनमा सो क्षेत्रबाट निर्वाचित कांग्रेसका पृथ्वीबहादुर सिंहको सडक दुर्घटनामा निधन भएपछि उपनिर्वाचन हुन लागेको हो। यहाँ ११ उम्मेदवार चुनावी मैदानमा छन्। 

नेपाली कांग्रेसका अभिषेकबहादुर सिंह, एमालेका दमनबहादुर भण्डारी, माओवादी केन्द्रका जनकबहादुर बुढा, राप्रपाका किशोरकुमार खड्का, नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंह, जनता समाजवादी पार्टीका रामबहादुर खड्का, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका दीपकबहादुर खड्का, नेपाल मजदुर किसान पार्टीका खगेन्द्रबहादुर शाही, राष्ट्रिय मातृभूमि पार्टीका गजेन्द्रबहादुर थापा, जनमत पार्टीकी सुशीलादेवी विष्ट र नेशसनल रिपब्लिकन नेपालका कमल घर्तीमगरबीच चुनावी प्रतिस्पर्धा भइरहेको छ।   

प्रकाशित मिति: १६:४१ बजे, शनिबार, वैशाख १५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्