Kathmandu Press

स्वदेशी लगानीकर्ताको सुरक्षा गर्नुपर्ने भन्दै पुँजीबजार लगानीकर्ताकाे प्रदर्शन

सरकारले ऐन नियम संशोधन गरेर विदेशी लगानीकर्ता आकर्षित गर्न खोजे पनि स्वदेशी लगानीकर्तालाई गरेको भन्दै पुँजीबजार संर्घष समितिले प्रदर्शन गरेको हो।
स्वदेशी लगानीकर्ताको सुरक्षा गर्नुपर्ने भन्दै पुँजीबजार लगानीकर्ताकाे प्रदर्शन

काठमाडाैं, वैशाख १५ : स्वदेशी लगानीकर्ताको सुरक्षा गर्नुपर्ने भन्दै पूँजीबजार लगानीकर्ताहरुले शनिबार काठमाडौंमा प्रदर्शन गरेका छन्।

सरकारले ऐन नियम संशोधन गरेर विदेशी लगानीकर्ता आकर्षित गर्न खोजे पनि स्वदेशी लगानीकर्तालाई गरेको भन्दै पुँजीबजार संर्घष समितिले प्रदर्शन गरेको हो।

उनीहरुले स्वदेशी लगानीकर्ताको सुरक्षा गर्नुपर्ने, लगानीकर्तालाई विदेश पलायन गराउने कार्य बन्द गर्नुपर्ने, लगानीमैत्री नीति लागू गर्नुपर्ने, पूँजीबजारमाथिको हस्तक्षेप बन्द गर्नुपर्ने माग राखेका छन्।

प्रदर्शनका क्रममा लगानीकर्ता तिलक कोइरालाले सरकारको गलत नीतिका कारण लगानीकर्ताहरु डुवेको भन्दै सहि नीति लिन माग गरेको बताए। स्वदेशी लगानीकर्ताहरु नै पलायन भइरहेको अवस्थामा लगानी सम्मेलन गरेर विदेशी लगानी भित्राउन नसकिने उनले बताए।

लगानीकर्ताहरुले लगानीको सुरक्षा गर,नसके स्टक मार्केट बन्द गर, स्वदेशी लगानीको संरक्षण गर, विदेशी लगानीको वातावरण तयार गर लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए। 

प्रकाशित मिति: १६:१६ बजे, शनिबार, वैशाख १५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्