Kathmandu Press

इलाम आज रातिबाटै र बझाङमा भाेलि मात्र मतगणना हुने

सबै मतदान केन्द्रबाट राति १० बजेसम्ममा मतपेटिका सदरमुकाम आइसक्ने आयोगकाे अनुमान छ।
इलाम आज रातिबाटै र बझाङमा भाेलि मात्र मतगणना हुने

काठमाडौं, वैशाख १५ : इलाम २ र बझाङ (क) मा शनिबार उपनिर्वाचन भइरहेको छ। बिहान ७ बजे सुरू भएकाे  निर्वाचन साँझ ५ बजेसम्म चल्नेछ।

निर्वाचन आयोगले इलामको मतगणना आज राति र बझाङको मत आइतबार बिहान ११ बजेदेखि गणना थालिने जनाएको छ। सबै मतदान केन्द्रबाट राति १० बजेसम्ममा मतपेटिका सदरमुकाम आइसक्ने आयोगकाे अनुमान छ।

Hardik ivf

इलाम २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङको गत भदौ २६ गते हृदयाघात तथा बझाङ-१ का प्रदेशसभा सदस्य नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंहको गत  असार २५ गते सडक दुर्घटनामा निधन भएपछि रिक्त भएका ती स्थानमा चुनाव भएको हो।  

इलाम उपनिर्वाचनमा एमालेका तर्फबाट सुहाङ नेम्वाङ, कांग्रेसका डम्बर खड्का, राष्ट्रिय स्वतन्त्र पार्टीका  मिलन लिम्बूलगायत १९ जना चुनावी मैदानमा छन्।

यसैगरी, बझाङमा नेपाली कांग्रेसबाट अभिषेकबहादुर सिंह, एमालेबाट दमन भण्डारी, माओवादी केन्द्रबाट जनक बुढा र नेकपा एकीकृत समाजवादीबाट दिलबहादुर सिंहसहित १२ जना प्रतिस्पर्धामा छन्। 

प्रकाशित मिति: १६:०२ बजे, शनिबार, वैशाख १५, २०८१
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्