Kathmandu Press

कमलपाेखरीमा ढकमक्क जाकारान्डा (तस्बिरहरू)

यो फूलले यतिबेला दरबारमार्ग, रत्नपार्क, भृकुटीमण्डप, सुन्धाराको सडक किनार मात्र होइन कमलपोखरी परिसरको पनि सौन्दर्य बढाएको छ।
कमलपाेखरीमा ढकमक्क जाकारान्डा (तस्बिरहरू)

काठमाडाैं, वैशमख १५ : अहिले वैशाख मध्यकाे समय हाे। शीतले उजाडिएकाे धरतीलाई हराभरा बनाएर ऋतुराज वसन्त फर्किने बेला भएकाे छ। वसन्तकाे उत्कर्ष भएकाले हाेला, यतिबेला जताततै फूलहरू मात्र फुलेको देख्न पाइन्छ।

यही नै बेला पारेर जाकारान्डा फूल पनि ढकमक्क फुल्ने गर्छ। राजधानीका सडक किनारमा याे फूल ढकमक्क फुलेकाे छ। यो फूलले यतिबेला दरबारमार्ग, रत्नपार्क, भृकुटीमण्डप, सुन्धाराको सडक किनार मात्र होइन कमलपोखरी परिसरको पनि सौन्दर्य बढाएको छ। कमलपाेखरी वरिपरि जाकारान्ड फुल्दा दृश्य नै मनमोहक बनेकाे छ। यही माैकालाई छाेपेर मानिसहरू उत्साहपूर्वक सुन्दर दृश्यलाई तस्बिरमा कैद गरिरहेको देख्न सकिन्छ।   

HRB_KTM_JYAKARANDA_IMG_4563-1714211202.jpg

HRB_KTM_IMG_4592-1714211202.jpg

HRB_KTM_IMG_4575-1714211202.jpg

तस्बिर : हरिराम भेटुवाल / रासस

प्रकाशित मिति: १५:४७ बजे, शनिबार, वैशाख १५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्