इलाममा नक्कली मतदान
महेन्द्र रत्न बहुमुखी क्याम्पस इलामको मतदान केन्द्रभित्र एक्जिट पोलको नाममा मतपत्र तयारी गरी नक्कली मतदान गराएको पाइएको हो।
इलाम, वैशाख १५ : इलाम–२ मा जारी उपनिर्वाचनमा नक्कली मतदान भएको छ।
महेन्द्र रत्न बहुमुखी क्याम्पस इलामको मतदान केन्द्रभित्र एक्जिट पोलको नाममा मतपत्र तयारी गरी नक्कली मतदान गराएको पाइएको हो।
प्रहरीले केही सामग्रीहरू बरामद गरेको छ।
क्याम्पसकै होस्टेलमा बसोबास गर्ने ४ जना महिला विद्यार्थीहरुलाई प्रतिव्यक्ति १५०० दिएर नक्कली मतपत्रमा छाप हाल्न लगाउने र नक्कली मतपेटिकामा सो कागज खसाल्न लगाउने गरेको पाइएको हो।
प्रहरीका अनुसार यो समूहले यो काम २ घण्टासम्म सञ्चालन गरेको पाइएको छ।
मतदान केन्द्रभित्रै २ घण्टासम्म सो कार्य गर्न कसले अनुमति दियो, कसले सेटअप गर्यो भन्ने विषयमा प्रशासन बेखबर थियो ।
प्रकाशित मिति: १२:२५ बजे, शनिबार, वैशाख १५, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












