Kathmandu Press

इलाम र बझाङमा शान्तिपूर्ण रुपमा मतदान जारी

बिहान ७ बजेबाट सुरु भएको मतदानमा दुवै स्थानमा मतदाताको उत्साहजनक सहभागी रहेको छ।
इलाम र बझाङमा शान्तिपूर्ण रुपमा मतदान जारी

काठमाडौं, वैशाख १५ : इलाम २ र बझाङ (क)मा भइरहेको उपनिर्वाचनको मतदान शान्तिपूर्ण रुपमा चलिरहेको छ।

बिहान ७ बजेबाट सुरु भएको मतदानमा दुवै स्थानमा मतदाताको उत्साहजनक सहभागी रहेको छ।

Hardik ivf

इलाम २ मा १४९ मतदान केन्द्रबाट मदातान भइरहेकाृ छ। यहाँबाट निर्वार्चित एमाले नेता सुवासचन्द्र नेम्वाङको निधन भएपछि उपनिर्वाचन भएको हो।

उपनिर्वाचनमा एमालेबाट नेम्वाङकै छोरा सुहाङ, कांग्रेसबाट डम्बर खड्का, राष्ट्रिय स्वतन्त्र पार्टीबाट मिलन लिम्बू र डगेन्द्रसिंह थेगिमबीच मुख्य प्रतिस्पर्धाछ।

यता, बझाङमा पनि शान्तिपूर्णरुपमा मतदान भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी सत्यकुमारी जोशीले बताएकी छन्। ७४ वटै मतदान स्थल र ९४ मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको उनले बताइन्।

यो चुनावमा ६१ हजार सात सय ४८ मतदाताले मतदान गर्ने अनुमान गरिएको निर्वाचन कार्यालयले जनाएको छ। बझाङ–१ का प्रदेशसभा सदस्य नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंहको गत असार २५ गते सडक दुर्घटनामा निधन भएपछि रिक्त भएको आज निर्वाचन भएको हो।

यहाँ नेपाली कांग्रेसबाट अभिषेकबहादुर सिंह, नेकपा एमालेबाट दमन भण्डारी, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बाट जनक बुढा र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पार्टीबाट दिलबहादुर सिंहसहित १२ जना प्रतिस्पर्धामा सहभागी छन्।

प्रकाशित मिति: ११:४४ बजे, शनिबार, वैशाख १५, २०८१
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्