जसपा केन्द्रीय कार्यकारिणी समिति बैठक बस्दै
शुक्रबार बसेको बैठकमा विभिन्न तहगत समिति, निकाय, भ्रातृ सङ्गठन, पेसागत सङ्घ सङ्गठनबाट महाधिवेशन प्रतिनिधि निर्वाचित गर्ने प्रस्ताव र निर्देशिकामाथि छलफल भएको थियो।
काठमाडौं, वैशाख १५ : जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दै छ।
आजको बैठकमा पार्टीको राष्ट्रिय महाधिवेशन प्रतिनिधि निर्वाचन निर्देशिकामाथि छलफल हुने केन्द्रीय प्रचार प्रसार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए। बैठक शनिबार दिउँसो ४ बजे पार्टी कार्यालयमा बस्दै छ।
शुक्रबार बसेको बैठकमा विभिन्न तहगत समिति, निकाय, भ्रातृ सङ्गठन, पेसागत सङ्घ सङ्गठनबाट महाधिवेशन प्रतिनिधि निर्वाचित गर्ने प्रस्ताव र निर्देशिकामाथि छलफल भएको थियो।
निर्देशिकामा जसपाको करिब १ लाख ४६ हजार सङ्गठित पार्टी सदस्यमध्येबाट करिब एक हजार महाधिवेशन प्रतिनिधि निर्वाचित गर्ने प्रस्ताव गरेको छ।
प्रकाशित मिति: ११:३३ बजे, शनिबार, वैशाख १५, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार