Kathmandu Press

बाबुराम भट्टराई भन्छन्- लकडाउन गरेर सरकार कानमा तेल हालेर बस्न मिल्दैन 

काठमाडौं, चैत १३ : समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले श्रमिक तथा विपन्न जनताका लागि आर्थिक प्याकेज ल्याउन माग गरे....

बाबुराम भट्टराई भन्छन्- लकडाउन गरेर सरकार कानमा तेल हालेर बस्न मिल्दैन 

काठमाडौं, चैत १३ : समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले श्रमिक तथा विपन्न जनताका लागि आर्थिक प्याकेज ल्याउन माग गरेका छन्। 

छरछिमेकमा दुःखकष्ट पर्दा मदत गर्ने नेपालीको संस्कार भएको भन्दै पूर्वप्रधानमन्त्री भट्टराईले श्रमिक र विपन्न जनतालाई सहयोग गर्नु राज्यको दायित्व भएको बताएका छन्। ‘सहयोग हामी सबैले गर्नैपर्छ र गर्नेछौं । तर, यहाँ कसैको दयामाया हैन राज्यको दायित्व र श्रमिक र विपन्नको अधिकारको कुरा हो,’ उनले ट्वीटरमा लेखेका छन्।

उनले सरकार लकडाउन गरेर कानमा तेल हालेर बस्न नमिल्ने बताएका छन्। ‘सरकार लकडाउन गरेर कानमा तेल हालेर बस्न मिल्दैन। तुरून्त दैनिक गुजारा नचल्नेहरू निम्ति आर्थिक प्याकेज ल्याओस्,’ भट्टराईले भनेका छन्।
 

प्रकाशित मिति: १५:५४ बजे, बिहीबार, चैत १३, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्