Kathmandu Press

गृहमन्त्रीले गरे ६ एसएसपीको सरुवा, कसलाई कहाँको जिम्मेवारी?

उनले अपराध अनुसन्धान विभागकाे जिम्मेवारी एसएसपी भुपेन्द्र खत्रीलाई दिएका छन्।
गृहमन्त्रीले गरे ६ एसएसपीको सरुवा, कसलाई कहाँको जिम्मेवारी?

काठमाडौं, वैशाख १४ : उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले ६ एसएसपीको सरुवा गरेका छन्।

उनले अपराध अनुसन्धान विभागकाे जिम्मेवारी एसएसपी भुपेन्द्र खत्रीलाई दिएका छन्। खत्री काठमाडौं जिल्ला प्रहरी परिसरमा कार्यरत थिए। विभागमा रहेका एसएसपी वसन्त रजौरेलाई काठमाडौं जिल्ला प्रहरी परिसर प्रमुखको जिम्मेवारी दिइएकाे छ।

Hardik ivf

त्यसैगरी उपत्यका अपराध कार्यालयका एसएसपी सोमेन्द्रसिंह राठोरलाई राष्ट्रिय सुरक्षा परिषदमा सरुवा गरिएको छ राठोरको स्थानमा सानुराम भट्टराईलाई लगिएकाे छ। भट्टराई राष्ट्रिय सुरक्षा परिषदमा कार्यरत थिए।

त्यस्तै प्रहरी प्रधान कार्यालय तालिम निर्देशनालयका एसएसपी अभयनारायण काफ्लेलाई कोशी प्रदेश तालिम निर्देशनालयमा पठाइएको छ। कोसीका एसएसपी राजन अधिकारीलाई तालिम निर्देशनालयमा ल्याइएको छ।

प्रकाशित मिति: १२:५९ बजे, शुक्रबार, वैशाख १४, २०८१
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्