डेढ केजी बढी सुन र झन्डै डेढ कराेड नगदसहित सात जना न्युरोडबाट पक्राउ
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बिहीबार उनीहरूलाई पक्राउ गरेको हो। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले शुक्रबार पत्रकार सम्मेलन गरेर घटना विवरण सार्वजनिक गरेको हाे।
काठमाडौं, वैशाख १४ : डेढ केजी बढी सुन र झन्डै डेढ कराेड नगदसहित सात जना न्युरोडबाट पक्राउ परेका छन्। पक्राउ पर्नेमा चार नेपाली र तीन भारतीय रहेकाे प्रहरीले जनाएकाे छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बिहीबार उनीहरूलाई पक्राउ गरेको हो। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले शुक्रबार पत्रकार सम्मेलन गरेर घटना विवरण सार्वजनिक गरेको हाे।
अवैध सुनको कारोबार भइरहेको सूचनाको आधारमाउनीहरूलाई पक्राउ गरिएको र उनीहरूका साथबाट १ केजी ७६८.२५ ग्राम सुन र एक करोड ४३ लाख ६० हजार नगद बरामद गरिएको प्रहरिले जनाएकाे छ।
पक्राउ पर्नेमा दार्चुला टाटेका गणेशदत्त बडु, आयुष बडु, भारत महाराष्ट्रका ऋषिकेशप्रकाश विभुते, अमोल विभुते र गणेश सतिश बाल्टे साथै झापा बिर्तामोडका दिनेश खरेल, बिर्तामोडकै भरतराज खरेल छन्।
प्रकाशित मिति: १२:५८ बजे, शुक्रबार, वैशाख १४, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार