Kathmandu Press

विनोद चौधरीले वीर र टेकु अस्पताललाई दिए पीपीई, देशभरबाट माग बढ्दो 

काठमाडौं, चैत १३ : चौधरी फाउन्डेसनले वीर अस्पताललाई संक्रमितको उपचारका क्रममा स्वास्थ्यकर्मीले प्रयोग गर्ने व्यक्तिगत सुरक्षा कवच (पीपीई) हस्तान्तरण ग....

विनोद चौधरीले वीर र टेकु अस्पताललाई दिए पीपीई, देशभरबाट माग बढ्दो 

काठमाडौं, चैत १३ : चौधरी फाउन्डेसनले वीर अस्पताललाई संक्रमितको उपचारका क्रममा स्वास्थ्यकर्मीले प्रयोग गर्ने व्यक्तिगत सुरक्षा कवच (पीपीई) हस्तान्तरण गरेको छ। 

फाउन्डेसनले बिहीबार वीर अस्पतालका मेडिकल डाइरेक्टर डा. केदारप्रसाद सेन्चुरी र टेकु अस्पतालका स्वास्थ्यकर्मीलाई समेत पीपीई हस्तान्तरण  गरेको हो। 

फाउन्डेसनले कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहरालाई पनि व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) हस्तान्तरण गरेको फाउन्डेसनका अध्यक्ष विनोद चौधरीले जनकारी दिए। चौधरीले पीपीईका लागि देशभरबाट फोन आइरहेको समेत बताएका छन्।

‘‘कोभिड–१९ को रोकथाम र उपचारमा चाहिने व्यक्तिगत सुरक्षा उपकरण (पीपीई)का लागि हामीलाई देशभरिका सरकारी र निजी अस्पताल, गैरसरकारी संस्था, स्वास्थ्यचौकी, क्वारेन्टाइन, आइसोलेसन केन्द्र, ब्लड बैंकबाट दिन–रात फोन आइरहेका छन्,’ उनले ट्वीटरमा भनेका छन्।

चौधरीले लकडाउनका कारण कारण सुरक्षा र उपचार सामग्री बोकेका सवारी साधन निर्वाध सञ्चालन हुन नसकिरहेको भन्दै समस्याकाबीच पनि फाउन्डेसनको  टिम काममा लागिपरेको बताएका छन्। उनले परराष्ट्र मन्त्रालयमार्फत भारत सरकारसँग पीपीई लगायतका समाग्री आयतका लागि पहल समेत भइरहेको जनाएका छन्।

‘भारत आफैँ कोरोनाविरुद्ध संघर्षण गरिरहेको अवस्थामा त्यहाँ यी सामग्रीहरू निर्यातका लागि अहिले प्रतिबन्धित छन्। तर, पनि हामीले दूतावासहरू र परराष्ट्र मन्त्रालयमार्फत भारत सरकारसँग आग्रह गरिरहेका छौं,’ उनले भनेका छन्।

फाउन्डेसनले पीपीईको माग बढेको भन्दै तीन हेल्पलाइन नम्बर समेत थपेको छ। पीपीई लगायतका सामग्री आवश्यक परे अभिषेककुमार आचार्य (९८५११०८८५५०), खुश्बु शाक्य (९८४३५८८७३९०), सुप्रिया देव (९८४३३३९८८५० )मा सम्पर्क गर्न सकिने जनाएको छ।

प्रकाशित मिति: १४:३७ बजे, बिहीबार, चैत १३, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्